बीबीसी। तपाईहरुले आज सम्म मानिसको विभिन्न अंगहरु दान गरिएको सुन्नु भएको छ होला। तर के तपाईले कहिल्यै दिसा दान गरिएको सुन्न भएको छ ? यसो बताइरहँदा तपाईहरुलाई अचम्म लाग्न सक्छ। हो तर युकेमा एक महिलाले आफ्नो दिसा दान गरिरहेको समाचार बाहिर आएको छ। समाचार बीबीसीमा प्रकाशन गरिएको छ।
युकेको एक विश्वविद्यालयमा विद्यार्थी सहायता प्रशासकका रुपमा काम गरिरहेकी ३१ वर्षीया क्लोडिया क्याम्पनेलाले आफ्नो बचेको समयमा दिसा अर्थात मलदान गर्ने गरेको बीबीसीमा उल्लेख गरिएको छ।
उनले आफूले आफ्नो दिसा दान गरेर चिकित्साशास्त्रको अनुसन्धानमा सघाउन चाहेको र सहयोग पुर्यापउन पाएकोमा खुशी समेत व्यक्त गरेकी छन्।
बीबीसीमा उल्लेख भएअनुसार उनको दिसामा फाइदाजनक किटाणुहरु रहेको पाइएको छ र त्यस्ता किटाणुहरु बिरामीहरुको आन्द्रामा प्रतिस्थापन गरेर तिनीहरुको उपचार गर्न सकिन्छ।
उनी अहिले मलदाता नै बनेकी छन्। वैज्ञानिकहरुको अनुसार केही मानिसहरुको दिसामा आन्द्रामा लाग्ने रोगहरु निको पार्न सक्ने ब्याक्टेरियाहरु पाइन्छ। त्यस्ता मानिसहरुहरुलाई सुपर डोनर अर्थात महादाता भनिएको छ।
Views: 0