पति पूर्वयुवराज पारस शाहको तश्रोपटक हृदयघात भएपछि उनकी पत्नि हिमानी मर्माहत भएकी छन् ।
नर्भिक अस्पताल स्रोतका अनुसार पारसलाई बिरामी अवस्थामा देख्ने बित्तिकै हिमानी मुर्छा परेर रोएकी थिइन् । हृदयघात भएपछि पारसलाई सोमबार अपराह्न नर्भिक अस्पताल भर्ना गरिएको थियो । यद्यपि यो समाचार तयार पार्दासम्म स्वास्थ्यमा सुधार देखिएको छैन ।
हिमानी र पारस लामो समयदेखि अलगअलग बस्दै आएका छन् । हिमानी सासु ससुरासँगै बस्छिन् भने पारस एक्लै । छोराछोरीसमेत आमा हिमानीसँग बस्ने भएपछि पारसले एक्लो महसुस गर्ने गरेका थिए ।
केही समयअघि अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमलसहित हिमानी र उनका छोराछोरी लामो समय पोखरा बस्न गएका थिए ।
तर, पासरलाई लगिएन । सम्पूर्ण परिवार पोखरा गएपछि पारस भने केही मिल्ने साथीभाइका साथ चितवनको सौराहा गएर बसेका थिए । पारसको अधिक मदिराका सार्थ लागुऔषध सेवन गर्ने लतमा फसेका छन् । यसअघि उनलाई एकपटक बैंकक र एकपटक नेपालमै हृदयघात भइसकेको छ । परिवारले वास्ता नगरेका कारण पारस मानसिक तनावमा थिए ।
Views: 0