धोका दिने प्रेमीलाई यसरी गीतबाटै जवाफ दिइन् नेहाले (भिडियो)

२०७५ माघ २०, आईतवार १६:१९ गते २०७५ माघ २०, आईतवार १६:१९ गते २०७५ माघ २०, आईतवार १६:१९ गते

एजेन्सी। नेहा कक्कड आफ्नो व्यक्तिगत जीवनबारे फ्यान्सहरुलाई सामाजिक सञ्जालबाट अपडेट दिइरहेकी हुन्छिन् । केही समय पहिला उनको लभलाईफमा ब्रेक भएको थियो। एक्टर हिमांश कोहलीसँगको ब्रेकअपपछि नेहा दुःखी छिन् ।

उनले आफु डिप्रेशनमा रहेकोसमेत बताएकी थिइन् ।

नेहाले हालै आफ्ना पूर्वप्रेमीलाई डेडिकेट गर्दै एक गीत ल्याएकी छन् । उनले यो गीतमार्फ आफ्ना पूर्वप्रेमीलाई धोकाको जवाफ दिएकी छन् ।
नेहाले हालै गीत ‘तेरा घाटा’ मा आफ्नो आवाज दिएकी छन्। स्वरमात्र दिएकी होइनन् यो गीतको भिडियोमा पनि नेहाले नै अभिनय गरेकी छन् ।

नेहाको अभिनय हेर्ने जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ, उनी तनावमा छिन्। तर, आफ्नो चित्त बुझाउने प्रयास गरिरहेकी छन् ।
यो गीको कम्पोज गजेन्द्र बर्माले गरेका हुन् भने शब्द र स्वर नेहाकै हो।

यो गीत सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो। फ्यान्सहरुले यो गीत नेहाले हिमांशका लागि गायको अनुमान लगाएका छन् ।

जति बेला नेहाको ब्रेकअप भयो, त्यति बेला उनी इन्डियन आइडल सीजन १० को शूटिंगमा व्यस्थ थिइन् ।

एक प्रतियोगीको इमोशनल गीतमा नेहा सेटमै निकै भावुक भएकी थिइन् । त्यसपछि उनले सामाजिक सञ्जाल इंस्टाग्रमा एक स्टोरी पोस्ट गर्दै ब्रेकअपपछि भोगेको दुःख व्यक्त गरेकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed