ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरेपछि…

२०७५ माघ २०, आईतवार १६:३० गते २०७५ माघ २०, आईतवार १६:३० गते २०७५ माघ २०, आईतवार १६:३० गते

काठमाडौं। कुनै अपराधीले आफूलाई सताइरहेको छ भे हामी प्रहरीकहाँ जान्छौं ताकि प्रहरीले ती अपराधीलाई सजाय दिलाएर हामीलाई बचाउन् । तर, प्रहरीले नै त्यही अपराधीको बाटो समाते भने के होला ? यस्तै आश्चर्यजनक घटना चण्डीगढमा भएको छ । यहाँका पूर्व सब इन्स्पेक्टर नवीन फोगाटले आफूकहाँ उजुरी गर्न आएकी युवतीलाई उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरेको खुलेको छ । उनीविरुद्ध चण्डीगढ जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ ।

भारतीय समाचारपत्र दैनिक भास्करका अनुसार उनलाई गएको अक्टोबर २३ मा उनलाई जागिरबाट बर्खास्त गरिएको थियो । पीडित युवतीले एसएसपी निलाम्बरी जगदालेलाई दिएको उजुरीमा भनेकी छिन् कि उनको एक युवकसँग मित्रता थियो । ती युवती मुम्बइकी मोडल हुन् । मित्रताकै क्रममा ती युवकले ती मोडलका केही आपत्तिजनक तस्वीर प्राप्त गरे । यिनै तस्वीरको आडमा ती युवकले मोडललाई लगातार शारीरिक सम्बन्धका लागि दबाब दिन थाले । साथमा तस्वीरको आडमा उनलाई ब्ल्याकमेल गरेर पैसा पनि असुल्न थाले ।

१६ अक्टोबर २०१७ मा मोडलले ती युवकविरुद्ध युटी पुलिस स्टेशनमा उजुरी दिइन् । उजुरीका आधारमा सब इन्स्पेक्टर नवीन फोगाटले मुद्दा दर्ता गरे । नवीन फोगाटले ती आरोपी युवकलाई पक्राउ गरे । नवीनले ती युवकको ल्यापटप र फोटबाट मोडलको तस्वीर बरामद गरे । त्यसपछि उनले तिनै तस्वीरको आधारमा आफूले पनि मोडललाई ब्ल्याकमेल गर्न थाले । त्यसपछि उननले युवतीलाई चण्डीगढ बोलाएर बलात्कार समेत गरेका थिए ।

emechi बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *