नेपालिको लागी खुशिको खबर: यूएईलाइ(UAE ) हराउदै टि-२० मा नेपाल बिजयी

२०७५ माघ २०, आईतवार १९:१३ गते २०७५ माघ २०, आईतवार १९:१३ गते २०७५ माघ २०, आईतवार १९:१३ गते

टीट्‍वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्‍स (यूएई)बीचको तेस्रो खेलमा नेपाल बिजयी भएको छ । यो संगै पहिलो एकदिवसीय सिरिज आफ्नो पोल्टामा पारिसकेको नेपालले पहिलो टि ट्वान्टी सिरिजमा समेत आफ्नो कब्जा जमाएको छ । यो संगै नेपालले क्रितिमानी जित हासिल गरेको छ । आइतबार भएको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गरेको हो । नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएइले निर्धारित ओभरमा रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसी, ललित राजबंसी र अविनास बोहोराले समान २/२ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछाने १/१ विकेट लिए भने ब्याटिंग तर्फ युएइका गुलाम सब्बिरले २५, सइमान अनवरले ३० रन जोडेका थिए ।

त्यसअघि नेपालले युएइलाई १०५ रनको लक्ष्य दिएको छ । बर्षको कारण १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिंगको निम्तो पाएको थियो । पहिले ब्याटिंग गरेको नेपालले कमजोर सुरुवातको बाबजुत कप्तान पारस खड्काको २९ र सन्दीप जोराको २८ रनको मद्दतमा १०४ रन जोडेको थियो ।

त्यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन जोडेका थिए । तेस्रो ओभरमै नेपालले दुई विकेट गुमाएको थियो । पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए । त्यैसगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन् ।त्यस्तै कप्तान पारस खड्का पनि १४ बलमा २९ रन बनाएर आउट भएका थिए । वर्षाका कारण खेल १० ओभरमा झारिएको खेलमा पाँचौ विकेटका लागि सन्दीप जोरा र बिनोद भण्डारीले महत्वपूर्ण साझेदारी गरेका थिए । तर ८.३ ओभरमा उत्कृष्ट ब्याटिंग गरिरहेका सन्दीप जोराको विकेट गुमेको थियो । सन्दीपले आउट हुनु अघि १० बलमा २८ रनको विस्फोटक ब्याटिंग गरिरहेका थिए । युएइका महमद नाबिद र सुल्तान अहमदले सर्वाधिक २\२ विकेट हात परेका थिए भने अमिर हायत, महमद बूटले १/१ विकेट लिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *