तैमुरकी ‘लापरवाह आमा’ भन्दा भड्किइन् करिना कपुर, दिइन् यस्तो असभ्य गाली

२०७५ माघ २०, आईतवार २०:२६ गते २०७५ माघ २०, आईतवार २०:२६ गते २०७५ माघ २०, आईतवार २०:२६ गते

काठमाडौं । बलिउड सुपरस्टार सैफ अली खान र करिना कपुरका छोरा तैमुर अली खान भारतका सबैभन्दा चर्चित ‘स्टारकिड’ हुन् । तैमुरको लोकप्रियताका लागि सैफ र करिना दुबैलाई अन्तरवार्तामा पनि प्रश्न सोधिन्छ ।

हरेक दिन तैमुरको नयाँ तस्बिर सोसल मिडियामा चर्चाको विषय बन्छ । तैमुरकै कारण सैफ र करिना ट्रोल पनि हुने
गर्छन् । यसको शिकार हालै करिना कपुर भएकी छिन् ।

कट्रिनाले केही दिनअघि एक टक शोमा आफूलाई लापरवाह आमा बताउने ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन् । यसबारे कुरा गर्दै करिना भन्छिन्, ‘केही समयअघि मलाई एउटा फोटोका लागि ट्रोल गरियो ।

यो फोटोमा म एउटा प्राइभेट जेटको अगाडि उभिएकी छु । ट्रोलर्सले म एक केयरलेस आमा हुँ भनिदिए । मैले छोराका लागि एक सहयोगी राखेकोमा पनि उनीहरुको आपत्ति थियो ।’

त्यसपछि उनले रिसाउँदै भनिन्, ‘तपाईंहरुलाई मेरो विवाहबारे केही थाहा छैन । यस्तो भन्ने व्यक्तिहरुले यो बुझ्नुहोस् कि तपाईंलाई मैले त्यो औंला देखाइरहेकी छु जुन मेरो दिमागमा अहिले चित्रित छ ।’

साथै, करिनाले तैमुरबारे पनि कुराकानी गरेकी छिन् । उनले भनेकी छिन्, ‘सैफ कहिले पनि तैमुरलाई एक्लो छोड्दैनन् । उनी तैमुरका लागि निकै केयरिङ छन् । मैले उनलाई धक्का दिनुपर्छ ।

एकपटक सैफ सुटका लागि देश बाहिर जानु थियो, उनले तैमुरलाई छोड्न नसक्ने बताउँदै सुटिङ क्यान्सल गरिदिने बताए । तर मैले उनलाई जानैपर्छ भनेर जिद्दी गरेँ ।’

करिनाले तैमुरको पहिरनबारे पनि कुराकानी गरेकी छिन् । आफूले कहिले पनि तैमुरलाई अत्यधिक महँगा ब्रान्डका लुगा नलगाइदिएको उनले बताइन् । उनले भनिन्, ‘म तैमुरका लागि आफैं सपिङ गर्छु ।

मैले कहिले पनि उसको लागि गुचीजस्ता ब्रान्डको कपडा लगाइदिएकी छैन । तैमुर अहिले निकै सानो छ । उसको लागि महँगो कपडाको साटो साधारण कपडा नै लगाइदिने गरेकी छु । तैमुरका लागि एडिडासजस्ता ब्रान्डको कपडा किन्छु ।’

एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *