काठमाडौँ – आज सोमबार नेपाली बजारमा सुनको मुल्य तोलामा २ सय रुपैयाले बढेको छ ।
हिजो प्रतितोला ६२ हजार ३ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज २ सय रुपैयाले बढेर ६२ हजार ५ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६२ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मुल्यमा भने कुनै परिबर्तन आएको छैन । हिजो प्रतितोला ७ सय ८० रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा नै कायम रहेको महासंघले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0