अस्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभागले बैंकिङ कारोबारका लागि ‘क’ वर्गका सबै २८ वटा बैंकलाई मान्यता दिएको छ।
अहिले बैंकहरूले साढे १२ देखि १३ प्रतिशत ब्याजदरमा शैक्षिक कर्जा दिँदै आएका छन्। अहिले विद्यार्थीहरूले यस्ता सबै बैंकबाट लोन तथा नगद कारोबार गर्न पाउँछन्। अघिल्ला वर्षमा बैंकिङ कारोबारका लागि नबिल र एसबीआई बैंकलाई मात्रै मान्यता दिएको थियो।
कर्जा उपलब्ध गराउन आवश्यक कागजात पूरा गरेका विद्यार्थीले सहजै लोन पाउने बैंकका सिइयोहरुले बताएका छन् स्नातकोत्तरमा अध्ययन गर्नका लागि आईईएलटीएसमा कम्तीमा ६.५ ओभरअलमा आएको हुनुपर्छ। यो विश्वविद्यालय र कोर्सअनुसार फरक हुन्छ। त्यसैले सकेसम्म अस्ट्रेलियामा भविष्य र पीआरको सम्भावना भएको विषय छान्नु उत्तम हुन्छ।
पछिल्लो समय नेपालबाट विशेषगरी नर्सिङ, इन्जिनियरिङ, हस्पिटालिटी, बिजनेस, पब्लिक हेल्थ, म्यानेजमेन्ट जस्ता विषय अध्ययन गर्न नेपाली विद्यार्थी अस्ट्रेलिया जाने गरेका छन्। विश्वव्यापी मान्यताप्राप्त शैक्षिक डिग्री र रोजगारीको राम्रो अवसरका कारण अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको पनि आकर्षक शैक्षिक गन्तव्यका रूपमा रहेको छ।
तर अस्ट्रेलियामा अध्ययन गर्न जानका लागि शैक्षिक स्तर भने राम्रो हुनुपर्छ। पछिल्लो समय प्लस टुमा प्रथम श्रेणी नै चाहिने अवस्था छ। अंग्रेजी भाषामा निकै दक्ष हुनुपर्छ।
Views: 0