नेपाली क्रिकेट टोली यूएईसँगको एक दिवसीय र टी–२० सिरीज जितेर आज स्वदेश फर्कँदै

२०७५ माघ २१, सोमबार १२:३३ गते २०७५ माघ २१, सोमबार १२:३३ गते २०७५ माघ २१, सोमबार १२:३३ गते

यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरीज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।

आज अपरान्ह साढे ३ बजे नेपाली क्रिकेट टिम काठमाण्डौ आइपुग्ने जनाइएको छ । यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरीज जितेर नेपाली क्रिकेट टिम स्वदेश फर्कन लागेको हो ।

तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर स्वदेश फर्कन लागेको हो ।

नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने नेपाल नआइ अष्ट्रेलियामा जारी बिग ब्याश लिग खेल्न उतै जाने भएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *