गाउँघरमा भुटेको मकै खाजको रुममा लिने गर्छन् जुन स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । घरमै भुटेको मकै भन्दा बाहिरको पपकर्न अस्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् ।फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न भनिने भुटेको मकै गाउँघरको भन्दा फरक हुन्छ ।
मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ ।
भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ ।भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।
भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबैबाट मुक्त हुन्छन् ।यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।
Views: 0