वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत आफ्नै कोठाभित्र मृत फेला परेकी छन् ।ललितपुरको बालकुमारीस्थित आफ्नै घरमा सलमा झुण्डिएको अवस्थामा उनको शब भेटिएको हो । बबिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।ब बिताको करिब ३ वर्षअघि रोशन खड्कासँग बिहे भएको थियो ।

रोशन उर्जामन्त्री वर्षामान पुनका प्रेस संयोजक हुन् । रोशनले एउटा अनलाइन पनि चलाउँछन्, जसमा बिबताले पनि काम गर्थिन् । पढेलेखेकी उनी फरासिली थिइन् । उनको मृत्यूले परिवार र आफ न्तजन स्तब्ध बनेका छन् ।‘उनी आत्महत्या गर्ने खालकी मान्छे थिइनन्, कुनै तनावमा पनि देखिएकी थिइनन्,’ पारिवारिक स्रोतले भन्यो, ‘मृत्यू शंकास्पद छ ।

’बिहे हुनुअघि बबिता काठमाडौंमा मन्त्री बस्नेतसँगै बस्ने गर्थिन् । उनलाई बस्नेतले नै क्याम्पस पढाएका थिए । आफ्नो छोरी बराबर माया गर्थे ।प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म ढोका नखुलेपछि बबिताकी नन्दले निकैबेर ढोका ढक्ढकाएकी थिइन्।

त र, नखुलेपछि उनले प्रहरीलाई खबर गरिन् । प्रहरी आएर ढोका फोडी हेर्दा उनको शरिर प्राणहीन बनिसकेको थियो ।घटनापछि अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह, ललितपुर प्रहरी परिसर प्रमुख रवीन्द्र धानुक र केही फरेन्सिक डाक्टरहरु प नि घटनास्थल पुगेका थिए । घटनाको अनुसन्धान भइरहेको अपराध महाशाखा प्रमुख सिंहले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *