प्रियंकाको रोमान्टिक नृत्यले पायो चर्चा : बिमलराज क्षेत्रीको गीत ‘बुट्टे रुमाल’ ट्रेण्डिगंमा (हेर्नुहोस भिडियो)

२०७५ माघ २१, सोमबार १५:०३ गते २०७५ माघ २१, सोमबार १५:०३ गते २०७५ माघ २१, सोमबार १५:०३ गते

काठमाडौं । चर्चित गायक बिमलराज क्षेत्रीको नयाँ गित ‘बुट्टे रुमाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक क्षेत्री र गायिका अन्जु पन्तले स्वर भरेकी छिन् ।

नेपाली साँगितिक क्षेत्रमा क्रियाशिल चर्चित सर्जक एकनारायण भण्डारीको शव्द संगितमा गित बजारमा आएको हो । सितारा म्युजिक प्रालिवाट बजारमा आएको गितले साँगितिक क्षेत्रमा सफलता प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ ।

गायक बिमलराज क्षेत्री र सर्जक एक नारायण भण्डारीको एक दशक पछि भएको सहकार्यले पनि साँगितिक क्षेत्रमा निकै चासोको रुपमा हेरिएको छ । यस गीतलाई सुपारी चाम्रो–२ नाम दिईएको छ । गीतको म्युजिक भिडियो पनि लोभ लाग्दो गरी गम्भिर विष्टले निर्देशन गरेका छन् ।

नायिक प्रियंका कार्की र गम्भीर बिष्टको अभिनय रहेको गीतलाई के गाउँ के शहर सबैले रुचाएका छन् । यो समाचार तयार पार्दासम्म यो गीतलाई करिब साडे २ लाख दर्शकले हेरिसकेका छन् भने गीत ट्रेण्डिगंको ३६ औँ नम्बरमा रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *