गोर्खाली को छोराले जापानी बक्सरलाइ ढालेपछी :नेपाली झण्डा फहराए

२०७५ माघ २२, मंगलवार ०७:३० गते २०७५ माघ २२, मंगलवार ०७:३० गते २०७५ माघ २२, मंगलवार ०७:३० गते

टोकियो । नेपाली राष्ट्रिय बक्सिङ च्याम्पियन मनोहर बस्नेत जापानको योकोहोमामा आज सम्पन्न मुराकामी बक्सिङ च्याम्पियनशिपमा बिजय भएका छन । जापानका पूर्व राष्ट्रिय च्याम्पियन इतोसंग भएको भिडन्तमा पहिलो राउन्डमै नकाउट गरेर म्याक्स बिजय भएका हुन।

नेपाली बक्सरहरुले जापानमा व्यावसायिक बक्सिङमा भिडन्त गरेको यो सम्भवत अहिलेसम्मकै ठूलो भिडन्त हो ।

जापानमा नेपाली झण्डा फहराउने लक्ष्य सहित आएका बक्सर म्याक्सले अन्ततः आफ्नो लक्ष्य पूरा गरेर देशकै नाम उच्च राखेका छन।

आज जापानी समय दिउँसो २ बजे योकोहामा सिटीको होटेल मेल पार्क स्थित स्टेडियममा भिडन्त भएको थियो । भिडन्त हेर्न गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टसहित थुप्रै नेपालीहरु स्टेडियममा पुगेका थिए।

नेपालमा १४ पटकसम्म राष्ट्रिय बक्सिङ च्याम्पियन बनेका बक्सर म्याक्सले ३ पटक सम्म बक्सिङ वेष्ट प्लेयर अवार्ड समेत जितेका छन्।

भारतीय राष्ट्रिय बक्सिङ च्याम्पियन असिदिप बुलरलाई ५ महिना अघि हराएर सनसनी मच्चाएका म्याक्सले त्यसलाई निरन्तरता दिंदै जापानी बक्सरमाथि जित निकालेर नेपाली झण्डा फहराउन सफल भएका हुन।

एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *