मोबाईल त सबैले हेर्नुहुन्छ : अब यी १० कुरा ध्यान नराखे ग्यारेण्टी छ तपाईको आँखाको आयु चट् ! पुरा हेर्नुस :

२०७५ माघ २२, मंगलवार ०७:३७ गते २०७५ माघ २२, मंगलवार ०७:३७ गते २०७५ माघ २२, मंगलवार ०७:३७ गते

हामी धेरैलाई थाहा छ । लामो समयसम्म आँखालाई चाप पर्नेगरी काम गर्दा दृष्टिशक्तिमा कमी आउँछ । अझ अहिलेको धुलो, धुँवा यसलेपनि आँखालाई हानी गरिरहेकै छ । विशेषगरी तपाई जस्तो कम्युटरको स्क्रिनमा हेरेर काम गर्नेका लागि आँखाको समस्या देखिनु सामान्य विषय नै बनेको छ । समयमै उचित रेखदेख र स्याहार नगरे घातक हुन सक्छ । त्यस्तै बढी समय मोवाइल चलाउँदा, लगातार धेरै थाक्ने् गरी काम गर्दा, निद्रा पुग्नेगरी नसुत्दा आँखामा समस्या आउने तथा आँखाको ज्योतिमा असर पर्दछ ।

आँखाको ज्योति बचाउनका लागि हामीले चस्मा लगाउने गरेका छौं यदी चस्मा लगाउन तपाईंलाई हैरानी लाग्छ भने तपाईंले निम्न उपाय अपनाएर आँखाको ज्योति बढाउन सक्नुहुनेछ । जान्नुहोस् आँखा सुरक्षित राख्ने १० उपाय ।

दैनिक ६–७ दाना बदामलाई रातको समयमा पानीमा भिजाएर राख्नुहोस् र बिहान उठेर खानुहोस् ।

गाँजरमा भिटामिन ए, बी तथा सीको मात्रा धेरै हुन्छ । त्यसैले नियमित गाँजर खाने गर्नुभयो भने आँखाको ज्योति बढ्ने छ ।

त्रिफला रातिको समयमा भिजाएर राखेर बिहान सोही पानीले आँखा धुनुभयो भने आँखालाई धेरै फाइदा गर्दछ ।

राति नियममित रुपमा सरस्यूको तेलले तालुमा नियमित मालिस गर्नुहोस् ।

एक चम्चा सुप (खाना खाएपछि खाने मसला), दुई दाना बदाम, आधा चम्चा मिश्रीलाई पिसेर राति सुत्न भन्दा पहिला दुधमा घोलेर नियमित रुपमा पिउने गर्नाले आँखाका समस्या हट्ने छन् ।

कान नजिकै घ्यू लगाएर दिनमा ५–१० मिनेट मालिस गर्दा आँखाको ज्योति बढ्छ ।

दैनिक २–३ गिलास ग्रीन टी पिउनुहोस् । ग्रीन टीमा रहेको एन्टीअक्सिडेट्सले आँखालाई स्वस्थ राख्दछ ।

सिंगो अमला वा अमलाका विभिन्न परिकार बनाएर दिनमा दुई पटक खाने गरेमा आँखालाई फाइदा पुग्छ ।

जीरा र मिश्रीको बराबर मात्रा मिसाएर नियमित घ्युसँग खानाले आँखाको ज्योति बढाउन फाइदा पुग्दछ ।

हरियो सागपात तथा पहेला फलफूल खानमा जोड दिनुहोस् । पालक, मेथी लगायतका साथ तथा विभिन्न सलादमा पाइने एन्टीअक्सिडेन्टसले आँखालाई स्वस्थ राख्न सहयोग गर्दछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed