काठमाडौं । आज मंगलबार सुनको मूल्य झन् बढेको छ।
हिजो २ सय रुपैयाँले उकालो लागेको सुनको मूल्यमा आज पनि सय रुपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाल सुन ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार तेजावी सुन ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0