बिहे गरेर छोराछोरी जन्माइसकेपछिश्रीमान टुलुटुलु हेर्दाहेर्दै श्रीमान को अगाडि नै श्रीमतीले देवरसंग बिहे गरिन

२०७५ माघ २२, मंगलवार १३:१२ गते २०७५ माघ २२, मंगलवार १३:१२ गते २०७५ माघ २२, मंगलवार १३:१२ गते

बिहे गरेर छोराछोरी जन्माइसकेपछि ती श्रीमानलाई छोडेर उनकै साख्खै भाइसँग बिहे गर्नु त्यो पनि श्रीमानसहित पूरै परिवारकै सहमतिमा । यस्तो कुरा निकै अपत्यारिलो लाग्छ । तर भारतको बिहार राज्यको भागलपुरमा यस्तै विचित्र घटना भएको छ । यहाँको एक परिवारमा भाउजुको देवरसँग प्रेम भएपछि परिवार विभाजित हुनबाट बचाउन दाजुलै नै देवरभाउजुको विवाह गरिदिएका छन् ।

बिहेपछि दाजुले भाइबुहारीलाई आशीर्वाद दिँदै गाउँ छोडेर गएका छन् । उनले आफ्नी छोरी पनि उनीहरुलाई सुम्पिदिएका छन् । बिहेपछि आमाले पनि छोरीलाई अब अंकललाई बाबा भन्नु भनेर सिकाएकी छिन् । फिल्मी शैलीको यो घटनामा ३० वर्षका पवन गोस्वामीकी श्रीमती प्रियंका गोस्वामीको आफ्नै देवर साजन गोस्वामीसँग प्रेम भएको थियो । यो सम्बन्ध २ वर्षदेखि चलिरहेको थियो । उनीहरुले भागेर बिहे गर्ने तयारी गरिरहेको कुरा दाजु पवनले थाहा पाएपछि उनीहरुको खुलीको लागि आफैंले दुवैको विवाह गरिदिएका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *