मासु खाने मानिसहरुले जानिराख्नु पर्ने कुराहरु यस्ता छन्

२०७५ माघ २२, मंगलवार १७:३४ गते २०७५ माघ २२, मंगलवार १७:३४ गते २०७५ माघ २२, मंगलवार १७:३४ गते

मासु नखाने मानिस अहिलेको समयमा पाउन निकै गाह्रो हुन्छ । मासुमा पौष्टिक तत्व बडी हुने भएकाले यसको प्रयोग बडी हुन्छ । साहाकारी खाना भन्दा मासुको स्वाद निकै मिठो हुने भएकाले पनि यसको माग बडी भएको हो ।

तर मासु धेरै खानु हाम्रो स्वास्थ्यको लागी हानिकारक छ । यदी यसको सहि तरिकाले उपयोग गर्न जानिएन भने यसले हाम्रो शरीरलाई असर गर्छ । मासुको सेवनले मोटोपनाको समस्या, मधुमेह, उच्च रक्तचाप र मुटुरोगको समस्या हुने गर्छ ।

मासु खाने मानिसहरुले जानीराख्नु पर्ने कुराहरु यस प्रकार छन् :
१) मासुमा कुन पदार्थ हुन्छ र यसले शरीरलाई के फाइदा गर्छ जान्न जरुरी छ । २) मासु खाँदा कति मात्रा खाने भन्ने कुरा प्रमुख हो । ३) हप्तामा एकचोटी मात्रै मासु खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । ४) एकचोटीभन्दा बढी खानेले ध्यान दिनुपर्छ । ५) मासुमा कतिको बोसोको मात्रा छ हेर्नुपर्छ र यो खाँदा पेटमा हानी गर्छ ।

६) पकाउने बेला राम्रो सँग पकाउनुपर्छ । ७) पकाउँदा तेल ठीक मात्रामा मात्रै हाल्नुपर्छ । ८) मासुसँगसँगै फाइबर अर्थात रेसादार खाद्यपदार्थ खानुपर्छ । ९) सकेसम्म घरमै मासु खाने गर्नुपर्छ, बाहिर रेष्टुरेन्टमा खाँदा जथाभावी तेलमा पकाइराखेको हुनसक्छ । १०) रेड मिट अर्थात खसी र राँगाको मासुमा बोसोको अत्याधिक हुने गर्छ ।

११) कुखुराको मासुलाई व्हाइट मिटका लिइन्छ र यसले कोलस्टोरोल बढाउँदैन भन्ने भ्रम पाइन्छ । १२) जुन बिलकुलै गलत हो यसमा फ्याटको मात्रा धेरै हुन्छ । १३) अण्डाको पहेँलो भागमा कोलस्टोरोलको मात्रा धेरै हुन्छ । १४) सामान्य व्यक्तिले हप्तामा दुईवटाभन्दा बढी अण्डाको प्रयोग गर्नु राम्रो होइन । १५) डि फ्रिजमा राखेको माछा खानु राम्रो होइन । १६) विभिन्न रेष्टुरेन्टमा डि फ्रिजमा राखेको मम र ससेजमा प्रिजरभेटिभ राखिएको हुन्छ जुन स्वास्थ्यको लागि धेरै हानीकारक हो ।

Share

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *