के कारण हुन्छ पायल्स ? यो घरेलु उपचार थाहा पाई राख्नुहोस् !

२०७५ माघ २२, मंगलवार १७:४३ गते २०७५ माघ २२, मंगलवार १७:४३ गते २०७५ माघ २२, मंगलवार १७:४३ गते

मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।

कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ

दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

पायल्स रोगीले के खाने ?
पानी प्रशस्त पिउने, हरियो सागपात काँचै खाने, फलफुल खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने । खानासंग मुला, काँक्रो, गाँजर खाने, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ । कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने, आफ्नो पिसाबले गद्द्वार धुने ।

घरेलु उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् । नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।

कसैलाई मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउँदा निको हुन्छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ । नियमित रुपमा योग गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

पायल्सका बिरामीले के नगर्ने के नखाने ?
पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ । भइसकेपछि पनि छिटो निको हुन्छ ।

विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ । हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ

Share

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed