ग्लास्गो। बेलायतकी एक २० वर्षीया युवती यति कम उमेरमै हरेक वर्ष १ मिलियन पाउण्ड (१४ करोड ६४ लाख नेपाली रुपैयाँ) को टर्नओभर हुने कम्पनीको मालिक बनेकी छिन् । रोचक त के भने यति ठूलो कम्पनी स्थापनाका लागि उनको लगानी कत्ति पनि परेको छैन । लिभ कोनलोभ नाकी यी युवती पढाइमा निकै अब्बल थिइन् । यति हुँदाहुँदै पनि कक्षाका साथीहरुले सताएपछि हैरान भएर उनले १६ वर्षको उमेरमै स्कुल छोड्न बाध्य हुनुपरेको थियो । त्यसपछि ती बालिकाको व्यवसायिक सफर सुरु भएको थियो ।
अहिले २० वर्षकी भएकी लिभले बीबीसी रेडियोलाई दिएको अन्तरवार्तामा भनिन् मात्रै ६ वर्षको उमेरमा स्कुल छाडेपछि उनले आफ्नै इन्टिरियर डिजाइनिङको कम्पनी सुरु गरिन् । स्कुल छोड्ने बेला उनका शिक्षकहरु पनि चकित थिए किनकि उनी क्लासकी टपर थिइन् ।
लिभका अनुसार उनले निकै कम उमेरमा व्यवसाय गर्ने फैसला गरेकी थिइन् । उनले १३ वर्षको उमेरमै चीनबाट सामान मगाएर इबेमा अनलाइन बेच्न थालेकी थिइन् । यसरी सामान मगाएर बेच्दा उनलाई ५ हजार पाउण्ड (७ लाख ३२ हजार नेपाली रुपैयाँ) फाइदा भएको थियो ।
पहिलो व्यवसायबाटै यत्तिको नाफा कमाएकी लिभले १६ वर्षको उमेरमा स्कुल छोडिन् । त्यसपछि उनले प्रपर्टीस्टेजर्स नाको कम्पनी सुरु गरिन् । यो कम्पनीको सुरुवाती काम खाली घरमा फर्निशिङ गराउनु थियो । यसका लागि उनले कतैबाट आर्थिक सहयोग पाएकी थिइनन् । आफूले सुरुवाती व्यवसायबाट कमाएको केही रकम बचत थियो जसबाट उनले यो कम्पनी सुरु गरेकी थिइन् । यो व्यवसायबाट पहिलो वर्ष उनले ३० हजार पाउण्ड (४४ लाख नेपाली रुपैयाँ) नाफा कमाइन् ।
दोसे वर्ष यो रकम बढेर १ मिलियन पाउण्डको आसपासमा पुग्यो । यस क्रममा लिभको उमेर पनि बढेर १९ वर्ष भयो । अहिले उनको कम्पनीले हरेक वर्ष ३ सय प्रापर्टीमा फर्निसिङको काम गर्छ । यसका लागि उनले १० जनााई जागिरमा राखेकी छिन् । यी १० जनामध्ये उनकी आमा र उनका दाजु पनि छन् ।
लिभका अनुसार हाइस्कुलका ४ वर्ष उनले नर्कमा जस्तै बिताएकी थिइन् । एक दि पनि यस्तो थिएन जुन दिन स्कुलका अरु विद्यार्थीले उनलाई सताएका थिएनन् । विद्यार्थीले सताउनुको कारण उनी क्लासको टपर र शिक्षकको प्रिय हुनु थियो । १६ वर्षको उमेरमा पढाइको तेस्रो वर्ष चलिरहँदा उनले स्कुल छोडिन् । उनको यो फैसलाबाट शिक्षक निकै रिसाएका थिए । उनीहरुले लिभलाई स्कुलको पढाइ पूरा नगर्नुको नोक्सानी बताइरहेका थिए ।
कम्पनी सुरु गर्नुको पछाडिको कहानी पनि निकै रोचक छ । त्यतिबेला लिभकी आमा आफ्नो घरलाई बेच्ने प्रयासमा थिइन् । घर बेच्ने प्रयास गरेको तीन महिना भइसकेको थियो तर ग्राहक पाइएको थिएन । त्यसपछि लिभले आमालाई घर डेकोरेट गर्ने आइडिया दिइन् । उनकी आमा कुनै यस्तो कम्पनी खोजिरहेकी थिइन् जसले उनको घरको भित्री डिजाइनिङ कम मूल्यमा गरोस् । पछि उनकी छोरी लिभले नै यो घरको डिजाइन गर्ने जिम्मा लिइन् ।
घरको भित्री डिजाइन बदलेर डेकोरेट गरेपछि तीन दिनमै त्यो घर बिक्री भयो । यसका अलावा ग्राहक घरमा भएका अन्य सामानको लागि थप पैसा दिन पनि राजी भए । लिभलाई लाग्यो कि इन्टिरियर डिजाइनिङको काममा राम्रो भविष्य छ । त्यसपछि उनले १६ वर्षको उमेरमा स्कुल छाडेर आफ्नै कम्पनी प्रापर्टीस्टेजर्स सुरु गरिन् । एक बिजनेस अवार्ड जितिसकेकी लिभले भनिन् कि उनले पहिलो ग्राहक स्थानीय नेटवर्किङ इभेटमा भेटेकी थिइन् । तर पहिलो भेटमा ती ग्राहकले उनको कुरा गम्भीरतापूर्वक लिएका थिएनन् । उनलाई काम सफल बनाउन निकै चुनौती थियो । ती चुनौती पार गर्दै आज उनी सफल व्यवसायी बनेकी छिन् । –डिसी नेपाल ,
Views: 0