यो हो नाङ्गै खाना खाने रेष्टुरेन्ट ! रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिन्छन्

२०७५ माघ २२, मंगलवार १९:०६ गते २०७५ माघ २२, मंगलवार १९:०६ गते २०७५ माघ २२, मंगलवार १९:०६ गते

बजारीकरण र व्यक्तिगत स्वतन्त्रताको चरमरुपभन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ ।लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट बन्न पुगेको छ । यो रेष्टुरेन्टमा ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अग्र्यानिक खाना खान पाउँछन् ।

बाहिरबाट हेर्दा यो रेष्टुरेन्ट खासै भव्य देखिँदैन , झ्यालहरु बन्द गरेर भित्र अँध्यारो पारिएको छ । तर मैनवत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् । त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिइरहेका हुन्छन् ।

सो रेष्टुरेन्टमा खाना खानका लागि ४६ हजार मानिस प्रतिक्षाको सूचिमा छन् जुन तीन महिनासम्मको लागि हो ।त्यहाँभित्र सेल फोनमा कुरा गर्न र कुनै तस्बीर लिन पाइँदैन । एक सेट डिनरको एक सय यूरो तिर्नु परेको एक ग्राहकले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed