माइक्रोबसमा यात्रा गरेकी यी महिलाको झोला चेकजाच गर्दा प्रहरीकै होस उड्यो …

२०७५ माघ २२, मंगलवार २०:०९ गते २०७५ माघ २२, मंगलवार २०:०९ गते २०७५ माघ २२, मंगलवार २०:०९ गते

काठमाडौं– सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–११ बाट लागूऔषध (ब्राउनसुगर) सहित एक महिला पक्राउ परेकी छिन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेकी २६ वर्षीया पवित्रा बिसी (विष्ट) लाई चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) बसन्त रजौरेले जानकारी दिएका छन् ।

बीरेन्द्रनगर नगरपालिका–१२ बस्दै आएकी बिसी शनिवार बिरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना प्रहरी चोकीले चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने क्रममा पक्राउ परेकी हुन् । प्रहरीले उनको साथबाट सेतो कागजमा पोको पारेको अवस्थामा २ ग्राम ६१० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पवित्रा र उनको श्रीमान समेत लागू औषध कारोबारी भएको खुल्न आएको छ । एसपी रजौरेका अनुसार पवित्राको श्रीमान पनि लागूऔषध कारोबार मुद्धामा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा छन् ।

ब्राउन सुगरको कारोबारमा संलग्नहरुलाई ५ बर्षदेखी १० बर्षसम्म जेल सजाय हुने कानुनी ब्यवस्था रहेको छ । पवित्राबारे लागूऔषध मुद्धामा म्याद लिएर अनुसन्धान भइरहेको बताईएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed