ह्वात्तै घट्यो सुन चाँदीको मुल्य ! हेर्नुहोस कति छ आजको भाउ ?

२०७५ माघ २३, बुधबार १२:५३ गते २०७५ माघ २३, बुधबार १२:५३ गते २०७५ माघ २३, बुधबार १२:५३ गते

काठमाडौं । आज बुधबार सुनको ओरालो लागेको छ। गत शुक्रबारबाट उकालो लागेको सुनको मूल्य आज ओरालो लागेको हो। हिजो मंगलबारको तुलनामा आज २ सय रुपैयाँ घटेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार तेजावी सुन ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज बुधबार चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो मंगलबार चाँदी ७८५ रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *