मदन भण्डारी स्पोर्टस् एकेडेमी ,पो.वि उपत्यका कमिटी गठन

२०७५ माघ २४, बिहीबार १२:१७ गते २०७५ माघ २४, बिहीबार १२:१७ गते २०७५ माघ २४, बिहीबार १२:१७ गते

काठमाण्डौ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, पोखरा विश्वविद्यालय उपत्यका कमिटि गठन भएको छ । मंगलबार भएको भेलाले बामदेव रानाको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति रहेको कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षद्वयमा बिकल बिनोद अधिकारि कमल यादव र धिरेन्द्र ठगुन्ना, सचिवमा माधव केसी, सहसचिवहरु किरण बटाला, शैलेष कुमार धानुक, अस्मिता न्यौपाने र कोषाध्यक्षमा संगीत तामाङ चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मदन भण्डारी स्पोर्टस् एकेडेमी, केन्द्रिय कमिटि महासचिव बचन देउजाले युवा जोश र जाँगरका साथ गतिविधि अघि बढाउन शुभकामना प्रकट गरे ।

कार्यक्रममा अनेरास्ववियु सचिवालय सदस्य एवं एकेडेमी उपत्यका विशेष कमिटि संयोजक नारायण घर्ती, उपत्यका विशेष कमिटि सचिव सञ्जय दुवाडी, अनेरास्ववियू केन्द्रिय सदस्य निश्चल ढुंगेल, अनेरास्ववियू केन्द्रिय विज्ञान प्रविधि विभाग सचिव विनोद खुलाल बस्नेत, अनेरास्ववियू जिल्ला उपाधयक्ष राजकुमार ढकाल, युवा संघ केन्द्रिय सदस्य नरेश गिरी, ओम कृष्ण प्रसाईं लगायतको उपस्थिति थियो ।

डम्बर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बामदेव रानाले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *