समाजमा लुकेर होस या खुलेर सबै भन्दा बढी पढिने बिषय सेक्स नै हो । चाहे यो तथ्यलाई कसैले स्वीकार गरोस् या नगरोस ।
त्यसैले यस बिषयमा शोधहरु पनि धेरै हुने गर्छन । शोधहरु जति धेरै हुने गर्छन् त्यति नै नयॉ नयॉ तथ्य पनि सार्बजनिक हुन्छन् ।
नयाँ शोधबाट केही न केही नयाँ तथ्य सार्वजनिक हुनु पर्छ । केही पत्ता लगाउन अध्ययन अनुसन्धान गरिन्छ । अनुसन्धानपिच्छे फरक फरक कुराहरु आउने गर्छन् जसलाई पत्याउन गाह्रै पर्छ ।
तर सेक्सका बारेमा जति अनुसन्धान भएपनि अझ पनि यी कुरामा मानिसहरु धेरै विश्वास गर्छन् वा भ्रममा रहन्छ्न ।
जुन यसप्रकार छन्ः
१. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।
७. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।
८. महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नै सक्दैनन्, आनन्द प्राप्त गरेको नाटक मात्र गर्छन् ।
९. धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।
१०. अश्लील चलचित्र हेर्न पुरुष हिंषक हुन्छ ।
११. एउटा भन्दा दुइओटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द प्राप्त हुन्छ ।
१२. केटा मान्छे १८ वर्षको उमेरमा यौन क्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।
१३. जति लामो समयसम्म सेक्स गर्यो स्वास्थ्यका लागी त्यती नै राम्रो ।
Views: 0