एजेन्सी । यदी कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दोष भएमा भाग्यले साथ नदिने विश्वास गरिन्छ। कुण्डलीको दोषाबाट टाढा रहनका लागि ज्योतिषले कयौँ उपाय बताउने गर्दछन्।
ज्योतिषले बताएका उपाय अप्नाउँदा निकट भविष्यमा सकारात्मक फल मिलने सम्भावना बढ्ने विश्वास गरिन्छ। शास्त्रमा पत्नीलाई पतिको आधा अंग मानिन्छ। त्यसैले पत्नीलाई अर्धागिनी भन्ने गरिन्छ। पत्नीले पुजा पाठ गर्दा त्यसको पुण्य पतिलाई पनि मिल्ने विश्वास गरिन्छ। ज्योतिषले केही यस्ता उपाय बताएका छन्। जुन उपाय स्त्रीले अप्नाउदा उनका पतिको दुर्भाग्य हटेर भाग्यले साथ दिने विश्वास गरिन्छ।
स्त्री हुन्छन् लक्ष्यका रुप
महालक्ष्मीको कृपा विना पैसासँग सम्बन्धीत कुनै पनि काम राम्रोसँग पुरा हुँदैनन्। जुन व्यक्तिमाथि लक्ष्मी माताको कृपा रहन्छ, त्यस्ता व्यक्तिलाई कहिलै धनको कमी हुँदैन्। लक्ष्मी माताको कृपा पाउनका लागि केही प्रकारका उपाय छन्। ती उपाय अप्नाउदा लक्ष्मी माताको कृपा मिल्ने ज्योतिष शास्त्र बताउछन्। शास्त्रमा स्त्रीलाई महालक्ष्मीको रुप मानिन्छ। त्यसैले कोही महिलाले पुजा पाठ गर्दा त्यसको फल पति सहित पुरै परिवारलाई मिल्ने विश्वास गरिन्छ।
यी हुन विधि
शास्त्र अनुसार विहान विहान महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने गर्छिन्। यस क्रममा जुन घरमा सरसफाई र पवित्रताको पुरै ध्यान राखिन्छ त्यो घरमा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ। त्यसैले विहान पुरै घरको सफाई गर्नु पर्दछ। स्नान आदी कर्म पश्चात सफा वस्त्र लगाएर घरको मन्दिरमा पुजा गर्नु पर्दछ। पुजामा तामाको भाँडोमा पानी भरेर राख्नु पर्दछ। पुजापछि उक्त भाँडोमा राखेको जल अशोकको पातले घरको मुख्य द्वारमा तथा पुरै घरमा छिट्नु पर्दछ। त्यसपछि तुलसीमा एक भाँडो जल चढाउनु पर्दछ। त्यसपछि भगवानसँग दुख पीडा कम गर्ने प्रार्थना गर्नु पर्दछ।
यो पनि-
यसकारण गर्नुहुँदैन एउटै गोत्रमा विवाह ! जानी राखौँ:
आधुनिक जीवनशैलीसंगै प्रेमविवाह गर्ने प्रचलन बढिरहेको छ । प्रेम विवाह गर्ने युवा-युवती एक-अर्काको थरसंग परिचित हुन्छन्, तर उनीहरुलाई गोत्रबारे ज्ञान हुँदैन ।
नेपाली समाजमा विशेष गरि ब्राहमण र क्षेत्री समुदायमा थर फरक भएतापनि उही गोत्रमा विवाह गर्नु बर्जित मानिन्छ । उही गोत्र हुने सम्बन्धलाई हाड-नाता जस्तै सम्बन्धको रुपमा लिइन्छ। त्यसैले धेरै प्रेम सम्बन्धहरुलाई गोत्रले समस्यामा पार्ने गर्छ ।
किन गर्नुहुँदैन एउटै गोत्रमा विवाह ?
हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा वैवाहिक सम्बन्ध दिगो र राम्रो नहुने, श्रीमान वा श्रीमती मध्ये एकलाई अप्ठ्यारो आउने अथवा उनीहरुको परिवारमा नराम्रो घटना घट्ने हुनसक्छ ।
त्यस्तै, यदि बेहुला र बेहुली दुबैको एकै गोत्र परेमा ती दम्पतीबाट बच्चा जन्मिने सम्भावना कम हुने र जन्मीएपनि बच्चामा पनि विभिन्न किसिमका अवगुणहरु, अस्वस्थता आउन सक्छ ।
वैज्ञानिक कारणबाट हेर्दा, एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ ।
अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तृष्ण क्षमता हुन्छ । सामान्य बच्चामा भन्दा उनीहरुमा केही गुणहरु बढी हुन सक्छन् ।
-डीसीनेपाल
Views: 0