५ कक्षामा पढ्ने विद्यार्थीबीच कुटाकुट हुदा एक जनाको मृत्यु (हेर्नुहोस भिडियो)

२०७५ माघ २६, शनिबार १०:१८ गते २०७५ माघ २६, शनिबार १०:१८ गते २०७५ माघ २६, शनिबार १०:१८ गते

पोखरा । पोखराको भद्रकाली मावि का कक्षा ५ मा पढ्ने विद्यार्थीहरुबीच एक आपसमा झगडा हुँदा एक जनाको ज्यान गएको छ।

पोखरा महानगरपालिका वडा नं. १३ स्थित भद्रकाली स्कुलमा पढ्ने १५ वर्षका २ विद्यार्थी होमबहादुर विक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको बताईएको छ।

साथीकै पिटाईबाट घाईते भएका होमबहादुर विकको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो। सोहि दिनदेखि बेहोस् उनको आइसियूमा उपचार भईरहेको थियो।

यो भिडियो सामाग्री तयार हुने बेलासम्म बालकको उपचार भईरहेको थियो। तर अहिले उनको ज्यान गईसकेको छ।

हेर्नुहोस् भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *