‘राजा वा सेना ल्याउने खेल सुरु भयो’ ,चित्रबहादुर केसी

२०७५ माघ २६, शनिबार १९:०१ गते २०७५ माघ २६, शनिबार १९:०१ गते २०७५ माघ २६, शनिबार १९:०१ गते

२६ माघ, बुटवल । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल भइरहेको दाबी गरेका छन् ।नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेका भन्दै उनले नेकपालाई फुटाउने प्रयास भइरहेको बताए ।

शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजमो अध्यक्ष केसीले हिन्दु राष्टको मुद्दा जोडतोडले उठ्नु, राप्रपाको एकता प्रयास, पूर्वराजा ज्ञानेन्द्रको बेलाबेलाका अभिव्यक्ति आदिले गणतन्त्रमाथि कालो बादल मडारिइएको उनले बताए ।

भेनेजुएला प्रकरणले पनि नेकपामा द्वन्द्व बढाउने केसीको विश्लेषण छ । ‘पूर्व माओवादीहरु अमेरिकी हस्तक्षेपको विपक्षमा छन् तर, पुर्व एमालेहरु अमेरिकाविरुद्ध उभिन डराइरहेका छन् ।

यसले पार्टीभित्र स्पष्ट दुई लाइन देखिएको छ’, केसीले भने, ‘प्रचण्डलाई आफूले भनेजस्तो नभए नचाइदिने अरु नै छन् ।’भ्रष्टाचार, महंगी नियन्त्रण नहुनु, दलहरु भागवण्डा र नेताहरु आफ्नै सेवा सुविधा बढाउन लिप्त भएकाले जनतामा पनि संघीयताप्रति वितृष्णा बढेको केसीको तर्क छ ।

आफू विभिन्न जिल्लामा पुग्दा एकथरि जनताले राजा, राणा वा सैनिक शासन ठीक भन्न थालेको पाएको उनले सुनाए । ‘एउटा सरकार पालिन नसकेको नेपालमा सातसात वटा सरकार कसरी पाल्ने भन्ने जनतामा परेको छ’, केसीले भने ।

प्रदेश राख्ने नै भए एकात्मक प्रणाली अन्तरगत केन्द्रको मातहत राख्न सकिने उनले बताए । प्रदेश सरकारका कारण विदेशी हस्तक्षेप झनै बढ्ने उनको दाबी छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *