धादिङ : सदरमुकाम धादिङवेसीबाट नलाङतर्फ गइरहेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाहमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बा ३ ख २७३१ नम्बरको ग्रामीण यातायात सहकारीको बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको बस चालकले अत्याधिक लापरवाही गरेर चलाएको यात्रारत यात्रीहरुले बताए।
तीव्र गतीमा चलाएकाले पहिले नै म्याजिक भ्यानलाई सामान्य ठक्कर दिएर गएको बस ससाहमा पुगेर चौतारामा ठक्कर दिँदै सडक छेउको कल्भर्टजालीमा ठोकिन पुगेको थियो।
घटनामा घाइते भएकाहरुलाई स्थानीयहरूले तत्काल उद्धार गरी जिल्ला अस्पताल धादिङबेसीमा उपचारको लागि पठाएका थिए। घटनामा चालक पनि घाइते भएका छन् भने प्रहरी निगरानीमा उनको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रुमख राजकुमार बैदवारले जानकारी दिए
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0