काठमाडौं । हरेक मानिस आफुलाई स्वस्थ राख्न चाहान्छ तर मेहनत गर्न चाहाँदैन । हामी आफूलाई फिट राख्न विभिन्न स्वस्थकर प्रकृया अपनाउने गर्छौं । तर,व्यायाम गरनौं भने त्यस्ता सबै प्रक्रिया बालुवामा पानी हाले बराबर हुने गर्छन् । कति सम्म भने, नियमित रुपमा व्यायाम नगर्दा हाम्रो शरीरमा त्यति नै असर पर्दै जान्छ जति धूमपानले गर्दा हुन्छ । सन १९९१ देखी २०१४ सम्म १ लाख २२ हजार बिरामीमाथि गरिएको यो अनुसन्धान रिसर्च जर्नल ‘जामा नेटवर्क ओपन’ मा प्रकाशित छ ।
त्यस अनुसार, नियमित व्यायाम र लामो स्वस्थ जीवनबीच गहिरो सम्बन्ध हुने गर्छ । सुस्त जीवनशैली ठुलो रोगको कारक बन्न सक्छ र यसको सबैभन्दा सरल उपचार भनेको व्यायाम नै हो । यदी तपाई आफुलाई फिट राख्न चाहानुहुन्छ भने शाररिक व्यायम नियमित गर्न आवश्यक हुन्छ । एजेन्सी
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0