शाकाहारी खाना नै किन ?

२०७५ माघ २७, आईतवार १५:२३ गते २०७५ माघ २७, आईतवार १५:२३ गते २०७५ माघ २७, आईतवार १५:२३ गते

आश्विन २५, २०७५ लालदरबारकी प्रजिता शर्मा शाकाहारी हुन् । बाल्यावस्थादेखि नै माछा–मासु नखाएकी शर्मा अण्डा मात्र खान्छिन् । यसैगरी ज्ञानेश्वरकी सुम्निमा पन्त पनि शाकाहारी हुन् । उनी अण्डा पनि खाँदिनन् । चाडपर्व, पारिवारिक जमघट तथा अन्य पार्टीमा उनीहरू च्याउ, पनिर आदिका शाकाहारी परिकार खान्छन् ।

चाडपर्व, पार्टी, ग्यादरिङ भन्नासाथ माछा–मासुका विभिन्न परिकार बनाउने–ख्वाउने कुरा जोकसैको मनमा आउँछ ।
यतिबेला शाकाहारीहरूले मासुको विकल्पका रूपमा च्याउ, पनिर, गेडागुडी, सागपात, दूध, मिठाईं आदि खान सक्छन् । यसैगरी भटमास तथा त्यसबाट तयार उत्पादनहरू पनि प्रोटिनका राम्रा स्रोत हुन् । तोफु, न्युट्रेला आदिबाट पर्याप्त प्रोटिन प्राप्त हुन्छ ।

पोषण : मानव र खाद्यपदार्थको सम्बन्धलाई पोषण भनिन्छ । पोषणको अवस्था थाहा पाउन के–कस्तो पौष्टिक आहार उपभोग गरिएको छ भन्ने पनि जान्नु आवश्यक छ । स्वस्थकर र उचित आहारबाट स्वास्थ्य राम्रो हुन्छ ।

पौष्टिक तत्व : पौष्टिक तत्व रासायनिक तत्व हो । यसमा कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो (फ्याट), भिटामिन, मिनरल तथा पानी पर्छन् ।

पौष्टिक तत्वको काम

 शरीरलाई शक्ति दिन्छ ।

 शरीरका तन्तु बलियो बनाउनुका साथै त्यसको मर्मत पनि गर्छ ।

 शरीरको सुरक्षा गर्छ ।

चाडपर्व, पार्टी तथा गेटटुगेदरहरू आइरहन्छन् । यस्तो बेला शरीर स्वस्थ हुनु पनि आवश्यक छ । व्यस्त समय होस् वा अरू आफ्नो शरीरको पौष्टिक तत्वको परिपूर्तिमा कुनै घटबढ हुन दिनुहुँदैन ।

आफ्नो शरीरको हेरचाह गर्न जाने खानाको किसिम तथा समयको तालमेल मिलाएर आवश्यक पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ ।

शाकाहारी पनि चार किसिमका छन् :

 दूध तथा दूधका परिकार मात्र खानेलाई ल्याक्टो भेजिटेरियन भनिन्छ ।

 अण्डा मात्र खानेलाई ओभा भेजिटेरियन भनिन्छ ।

 दूध र दूधका परिकार एवं अण्डा खानेलाई ल्याक्टो ओभा भेजिटेरियन भनिन्छ ।

 जनावरको स्रोत नखाने तथा वनस्पतिक स्रोत मात्र खानेलाई भेगान भनिन्छ ।

पार्टी, गेटटुगेदर आदिका साथै दैनिक जीवनमा मांसाहारीले मासुका विभिन्न परिकार खाँदा शाकाहारीले पनि विभिन्न शाकाहारी खानेकुरा खान सक्छन् । जस्तो कि च्याउ, पनिर, तोफु आदिका विभिन्न परिकार । आफ्नो दैनिक आहारमा वयस्कले नुन १ चिया चम्चा (५ ग्राम), चिनी २ चिया चम्चा (१० ग्राम), तेल ४ चिया चम्चा (२० ग्राम) खान सक्छन् । यसका साथमा फलफूल, तेलहन, सलाद, सागसब्जी, टुसा उम्रिएका गेडागुडी, चोकरसहितको अन्न खानुपर्छ । सम्भव भएसम्म स्थानीय स्तरमा उत्पादन भएका खाद्यपदार्थ उपभोग गर्नु वेश हुन्छ । मौसमअनुसारका फलफूल तथा तरकारी नियमित रूपमा खानुपर्छ । यसैगरी चाडपर्वमा सेल, परौंठा, आलुको अचार, काँक्रा, मुला, गाजर तथा केराउको अचार, सागपात, तोफु, च्याउको तरकारी, टुसा आएका गेडागुडी, चटामरी, योमरी, लाखामरी, तिल वा बेसनको लड्डु, चिउरा एवं मासको बारा आदि खान सकिन्छ ।

 शाकाहारी हुन् वा मांसाहारी सन्तुलित भोजन सबैको दैनिक आवश्यकता हो ।

 सागसब्जीमा प्रशस्त मात्रामा मिनरल्स हुन्छ । गाजर, काँक्रा तथा मुला आदि सलादका रूपमा खान सकिन्छ ।

 हरियो सागपात नियमित रूपमा प्रयोग गर्नुपर्छ । यसमा फोलिक एसिड पाइन्छ जसका कारण हेमोग्लोबिन बढ्नुका साथै क्याल्सियम तथा मिनरल्स प्राप्त हुन्छ ।

 नासपाती, केरा, सुन्तला, स्याउ, अंगुर, भुइँकटहर आदि मौसमी फलफूल सेवन गर्न सकिन्छ ।

 शाकाहारीले ड्राइफ्रुट्स खाएर पनि प्रशस्त मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छन् । बदाम, काजु, किसमिस, ओखर आदिमा भिटामिन, पोटासियम, फाइबर तथा क्याल्सियम पाइन्छ ।

 हाम्रो दैनिक खानामा दाल समावेश हुन्छ, जसबाट पर्याप्त मात्रामा प्रोटिन प्राप्त गर्न सकिन्छ ।

 खानेकुरा उसिनेर तेल मोली खानु े बढी फाइदाजनक हुन्छ ।

शाकाहारका फाइदा

 शाकाहारी खानामा रोगसँग लड्न सक्ने क्षमता बढी हुन्छ ।

 शाकाहारी खाना छिटो पच्छ । यसले कोलस्ट्रोल, मधुमेह तथा कब्जियत हुन दिँदैन ।

 शाकाहारी खाने भन्दैमा धेरै चिल्ला खानेकुरा खानुहुँदैन ।

 शुद्ध शाकाहारी खानाले मुटु रोग, उच्च रक्तचाप, पेट तथा फोक्सोको क्यान्सर हुने तथा जोर्नी दुख्ने सम्भावना कम गर्छ । यसैगरी मिर्गौलाको समस्या भएकाहरूलाई शाकाहारी भोजन विशेष लाभदायक हुन्छ । यसले मानिसको आयु वृद्धि गर्छ ।

 शाकाहारी महिलालाई स्तन क्यान्सरको सम्भावना कम हुन्छ ।

 सागपातबाट बढी प्रोटिन प्राप्त हुने भएकाले रक्तचाप सामान्य रहन्छ ।

 शाकाहारी भोजनमा खनिज पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ ।

 शाकाहारी खानामा एमिनो एसिड पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडका साथमा म्याग्नेसियम पनि हुन्छ ।

 सागसब्जीबाट प्राप्त हुने रेसा मासुमा पाइँदैन ।

 दाल, फलफूलको रस तथा सलादबाट पोषक तत्व प्राप्त हुन्छ । यसले तौल बढ्न दिँदैन ।

 बदाम, दूध, दही तथा पनिरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ ।

 हरियो सागपात, पुदिना तथा सख्खरमा पर्याप्त मात्रामा हेमोग्लोबिन हुन्छ । यसले एनिमियाको सिकार हुनबाट जोगाउँछ । हरियो सागपातमा भिटामिन ‘के’ पनि पाइन्छ ।

 मासु छिटो पच्दैन तर शाकाहारी खाना सजिलै पच्छ ।

 शाकाहारी खानाले मस्तिष्क सचेत राख्नुका साथै बौद्धिक क्षमता बढाउन मद्दत गर्छ ।

 शाकाहारी खानामा प्रोटिन तथा कार्बोहाइड्रेड पाइन्छ जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसैगरी शाकाहारी खानेकुराबाट फाइबर, क्यालोरी, भिटामिन आदि पनि प्राप्त गर्न सकिन्छ ।

 मांसाहारीको तुलनामा शाकाहारीमा कम उच्च रक्तचाप हुन्छ ।

http://bit.ly/2IL4E0Q

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed