काठमाडौंको टोखाबाट नक्कली नेपाली रुपैयाँ बरामद
काठमाडौं–टोखा नगरपालिका-१० गणेशस्थानबाट नक्कली नेपाली रुपैंया १ हजार दरका १ सय ५२ थान शनिबार राति प्रहरीले बरामद गरेको छ ।
उक्त नगरपालिका गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया समेत २ जनाको कोठामा नक्कली जाली नोटको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले हिक्मत मियाको कोठामा पलङ मुनी लुकाईछिपाई राखेको नक्कली नेपाली रुपैंया १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका १ सय ४१ थान फेला पारी बरामद गरेको हो ।
फरार रहेका हिक्मत मिया र पोमबहादुर कुँवरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बजारमा भएका नयाँ नोटमा नक्कली मिसिएका छन् होसियार हुनुहोस् ! यसरी छुट्याउनुस् नक्कली/सक्कली नोट
गएको शुक्रबार राति काठमाडौंको कुमारीगालमा बस्ने विकास दोर्चे र पर्साका राज श्रेष्ठ चावहिलस्थित चाँदनी रेष्टुरेष्ट एण्ड वारमा खाजा खान गए।साँझ तिर गएका उनीहरू आधा रातसम्म त्यही मदिरा पिएर रमाए। खाएपछि उनीहरूले ९ हजार रूपैयाँको बिल तिरे।रेष्टुरेण्टका क्यासियरलाई उनीहरूले दिएको पैसाबारे शंका लाग्यो।
पैसा हातमै राखेर ती क्यासीयरले प्रहरीलाई खबर गरे।प्रहरी केही बरेमा रेष्टुरेण्टमा पुग्यो र उक्त पैसा दिएका दुई जनालाई नियन्त्रणमा लियो। त्यसपछि उक्त रकमबारे प्रहरीले केरकार थाल्यो।पछि उक्त रकम नक्कली भएको पुष्टी भयो यो सँगै उनीहरूले आफूसँग नक्कली पैसा छाप्ने कारखानानै भएको बयान प्रहरीमा दिए।
उनीहरूको बयानका आधारमा प्रहरीले शनिबार कीर्तिपुर नगरपालिका ४, मच्छेगाँउबाट मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठसहित २५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापालाई नियन्त्रणमा लियो। प्रहरीले नक्कली रुपैयाँ बनाउने सामाग्रीसहित ३ लाख ७० हजार रूपैयाँ बरामद गर्यो। बरामद नक्कली रूपैया र नक्कली रूपैया बनाउन प्रयोग हुने आवश्यक सामाग्री प्रहरीले आईतबार सार्वजानिक गर्यो।
‘नक्कली रूपैयाँ बजारमा फैलिएका छन् भन्ने हामीलाई सूचना थियो,’ काठमाडौं प्रहरी प्रहरी प्रमुख एसएसपी बसन्त लामाले भने, ‘हामीले नक्कली नोट नियन्त्रणबारे कही योजना बनाएरै लागेका थियौ, रेष्टुरेण्टको बिल तिर्दा ९ बजार भेटिएको थियो पछि काराखानानै भेटायौं।’उनका अनुसार सो गिरोहले ५ लाख नक्कली रूपैया छापेको थियो।
उनीहरूले छापेका रकममध्ये त्यसमा केही रकम हामीले बरामद गरेका छौं, उनीहरूले दिएको बयान अनुसार १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम भेटिएको छैन, त्यो पनि खोज्दैछौ’, उनले भने।यसअघि काठमाडौं प्रहरीले माहाबौद्ध र गौशालाबाट पनि नक्कली नेपाली रूपैया बरामद गरेको थियो। ‘यो बेला राष्ट्र बैकले नयाँ नोट बाढ्छ, दसैंका बेला सबैलाई नयाँ नोट चाहिने भएकाले नयाँ नोटसँग मिसाउन नक्कली नोट बजारमा हुनसक्छन्’, एसएसपी लामाले थपे, ‘त्यसमा नागरिक सचेत हुनुपर्छ।’
फेसबुकमा समाचार देखेर नक्कली नोटको धन्दा
केही समयअघि ११ महिना हातहतियार खरखजनाको मुद्दामा जेल सजाय भुक्तान गरी घर आएका इन्द्रबहादुर श्रेष्ठले फेसबुकमा झापा तिर नक्कली नोट बनाउनेलाई प्रहरीले पक्राउ गरेको समाचार देखेछन्।त्यसपछि उनलाई पनि त्यसैगरी नक्कली नोट बनाउने जोस जागेछ। पछि उनले केही युवाहरु बटुले दसैंका बेला बजारमा नयाँ नोट आउने भएकोले त्यही मोका छोपेर नक्कली नोटको कारोबार थाले। उनीसँगै पक्राउ परेकाहरू पनि विभिन्न अपराध गरी प्रहरी कारवाहीमा परेका ब्यक्ति भएको प्रहरीको भनाई छ।
बजारमा अझै पनि नक्कली नोट छन्, विचार पुर्याउनुः प्रहरी
बजारमा अझै पनि नक्कली नोट भएको हुनसक्ने भन्दै नागरिकलाई ध्यान दिन प्रहरीले आग्रह गरेको छ।‘बजारमा अझै पनि नक्कली नोट छन् भन्ने सूचना छ,’ एसएसपी लामाले भने, ‘हामीले गम्भीर तरिकाले अनुसन्धान गर्दैछौ, नागरिक नठगिउन् भन्ने हाम्रो भनाई हो।’
कसरी पत्ता लगाउने नक्कली नोट?
प्रहरीले बरामद गरेका नक्कली नोट र सक्कली नोटमा बाहिरबाट हेर्दा उस्तै देखिए पनि गहिरीएर हेर्दा छुट्याउन सकिन्छ।अहिले प्रहरीले बरामद गरेका नोटको पिन्ट अलि फिका हुन्छ।त्यसैगरी नक्कली नोटको सुरक्षा धागो हुँदैन, ताकी टल्किँदैन। नक्किलीमा मसिनो धब्बा हुन्छ, टल्कीने डोरी हुँदैन।सक्कली नोटमा खाली ठाँउमा लालीगुराँसको छाप हुन्छ, नक्कलीमा त्यो हुँदैन। सक्कली नोटलाई कुच्याउँदा पछि पहिलाकै आधारमा आउँछ, नक्कली नोट भने कुच्चीनै रहन्छ। नक्कली नोट बिजाएर गणना गर्दा पनि थाहा हुन्छ नक्कली भिज्छ, सक्कली त्यती भिज्दैन, भिजे पनि गल्दैन।
यसरी चिन्न सकिन्छ नक्कली नोट
नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँस फूलको पानी छाप स्पष्टसँग दखिन्छ । नक्कली नोटमा पानी छाप स्पष्टसँग देखिँदैन ।– नेपाली नोटको बुट्टालाई हातले छोएर हेर्दा यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिन्छ । नोट पुरानो हुँदै गएपछि नोटको यस्तो विशेषता कम हुँदै जान्छ । – १ सय, ५ सय र १ हजार दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि(बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । तर, नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ । – नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सम्भव छैन । नक्कली नोटमा फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएकोजस्तो देखिन्छ । – नेपाली नोट शतप्रतिश कपासबाट र कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ ।
Views: 0