काठमाडौँ– नेपाली बजारमा पछिल्लो साता सुनचाँदीको मुल्य लगातार घटिरहेको छ ।
आज साताको तेस्रो दिन ९मंगलबार० पनि सुनको मुल्य तोलामा २ सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ६२ हजार रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज ६१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छ ।साथै आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार ५ सय रुपैयामा किनबेच भइरहेको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेका छ । सोमबार प्रतितोला ७ सय ७५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलाको ७ सय ७० रुपैयामा कारोबार भइरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0