मान्छेको मृत्यु पछि सुरुमा निलो र पछि पहेंलो किन हुन्छ ?हेर्नुहोस मान्छे मरेपछि देखिने रोचक सत्य

२०७५ फाल्गुन १, बुधबार ११:२२ गते २०७५ फाल्गुन १, बुधबार ११:२२ गते २०७५ फाल्गुन १, बुधबार ११:२२ गते

जीवनका अनुभूतिहरूमा सबैभन्दा रहस्यमय अनुभूति मृत्यु हो किनभने यसको अनुभव हासिल गरिसकेको मानिसले आफ्नो अनुभव अरूलाई बताउन सक्दैन ।

त्यसैले पनि जीवन, शरीर र आत्माको बारेमा कयौं मान्यताहरू रहेका छन्। शरीरमा आत्मा हुन्छ या हुँदैन र हुन्छ भने मृत्युपछि त्यसको के हुन्छ भन्ने बारेमा अहिलेसम्म वैज्ञानिकहरूले कुनै प्रमाण फेला परेका छैनन्।

तर विज्ञान अनुसार मरेपछि पनि शरीरमा ७ परिवर्तनहरू हुने गर्दछन्। शरीर मरिसकेपछि पनि त्यसमा देखिने ७ परिवर्तनहरू यस्ता छन्:

शरीरको रङ्ग फेरिनु

मानिस मरिसकेपछि शरीरको रङ्गमा परिवर्तन आउन थाल्छ। सुरुमा रक्तप्रवाह बन्द भएर शरीर निलो हुन्छ र केही समयपछि रगतमा रहेको फलाम तत्व थिग्रिएर पानी मात्र बाँकी रहँदा शरीरको रङ्ग पहेँलो हुन्छ।

तत्काल मर्दैनन् कोषहरू

मृत्युपछि रक्त संचार बन्द हुन्छ। जसले गर्दा मष्तिष्कसम्म रगत पुग्न सक्दैन र मष्तिष्कले काम गर्न छाड्छ। यस्तोमा पनि छालामा रहेका कतिपय कोषहरू कम गरिराख्छन्। यी मध्ये केही कोषहरू त केही समयमै मरिहाल्छन् तर केही कोष भने केही दिनसम्म जीवित रहिराख्छन्।

पाचन प्रणाली

हाम्रो शरीरभित्र कयौं सूक्ष्म जीवहरू रहेका हुन्छन् जो मानिसको मृत्युपछि पनि शरीरभित्र जीवित नै रहन्छन्। यस्ता सूक्ष्म जीवहरूले खान पचाउन सहयोग गर्ने गर्दछन्। मृत्युपछि पनि यस्ता ब्याक्टेरियाहरू आन्द्राहरूभित्र सक्रिय रहिराख्छन् जसले गर्दा पेटभित्र ग्यास बन्न थाल्छ र मृत्युपछि पेट सुन्निन थाल्दछ।

मूत्र उत्सर्जन

शरीरको मृत्यु भइसक्दा पनि मूत्र उत्सर्जन प्रक्रिया काम गरिराख्दछ। रक्त संचार बन्द भइसकेपछि मूत्रप्रणालीका मांशपेसीहरू कडा हुन थाल्दछन् र केही समयपछि ती मांशपेशीहरू खुकुला हुन थाल्दछन् र मूत्र उत्सर्जन हुन थाल्दछ। यसका साथै यस्तो अवस्थामा वीर्य समेत निस्किन थाल्दछ।

कपाल बढ्नु

कतिपय संस्कृतिहरूमा मृत-शरीरलाई गाड्ने गरिन्छ। गाडिएको शवका कपाल पहिले भन्दा लामो भएको कुरा सुनिने गरेको भएपनि यो आंशिक सत्य मात्रै हो। मृत्युपछि कपालको जरामा केही पौष्टिक तत्व बाँकी रहने भएकाले अलिकति कपाल बढ्ने गर्छ तर कपाल तुलनात्मक रूपमा लामो देखिने भनेको चाहिं छाला खुम्चिएर हो।

नङ बढ्नु

मृत्युपछि कपालजस्तै नङ पनि बढ्दछन्। यो वृद्धि पनि कपालमा देखिने वृद्धि जस्तै हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed