३५ करोडको यो राँगो बिहान ५ किलोमिटर यसरि दौडन्छ र रक्सि पिउने गर्छ (हेर्नुहोस भिडिओ सहित)

२०७५ फाल्गुन १, बुधबार १२:१६ गते २०७५ फाल्गुन १, बुधबार १२:१६ गते २०७५ फाल्गुन १, बुधबार १२:१६ गते

काठमाडौं । मेला महोत्सवमा सर्वसाधारणलाई आकर्षित गर्न सेलिब्रेटी कलाकारहरुलाई बोलाउने गरिन्छ । जसमा कलाकार वा कुनै चर्चित व्यक्तित्व हुन्छन् । तर, भारतमा भने एउटा राँगो सेलिब्रेटी बनेको छ, मेला महोत्सवमा सर्वसाधारणलाई आकर्षित गर्न उसको नाम नै काफी बनेको छ ।

हाल चिरकुटमा महोत्सव चलिहेको छ । उक्त महोत्सवको आकर्षण बनेको छ सुल्तान नाम दिइएको राँगो । जसलाई हेर्न सर्वसाधारण टिकट काटेर तछाडमछाड गरिरहेका छन् ।

भारतमा गाई जस्तै साँढे र राँगोलाई पनि एकदमै ध्यान(रेखदेख) दिइन्छ । तर हरियाणाको यो राँगो आफ्नो रुचीका कारण हिजोआज एकदमै चर्चामा छ । समाजिक सञ्जालमा यो राँगोको फोटो र भिडियो भाइरल भइरहेको छ ।

करिव ३५ करोड मूल्य पर्ने यो राँगो हरेक दिन मदिरा पिउँछ । तर राँगोको यो बानीबाट उसको मालिकलाई हैरानी वा कुनै आपत्ती छैन । यो राँगोको नाम सुल्तान राखिएको छ । राँगो मदिरा पिउँन धेरैनै मन पराउँछ र मदिरा पिउँदा उसले एकदमै धेरै सन्तुष्टी पाउँछ ।

आठ वर्षको यो राँगोको लम्बाई ६ फिट रहेको छ भने यसको वजन एक टन भन्दा पनि बढी रहेको छ । भारतको महगों राँगो मध्येको एक यो राँगोको शुक्राणु बिक्री गरेर यसको मालिकले वार्षिक एक करोड कमाउँछन् ।

सुल्तानलाई हरेक दिन बिहान ५ किलोमिटर दौडाएर कसरत गराउने र दिनमा २ पल्ट नुहाइदिने सुल्तानका मालिकले गरेका छन् ।

सधै मदिरा पिउँने यो राँगोको बारेमा जानकारी पाएर मानिसहरु एकदमै आश्चर्यचकित हुन्छन् ।

हेर्नुहोस भिडिओ सहित 

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed