कुन राशी भएका व्यक्तिलाई कुन पेशा शुभ के तपाई लाई आफ्नो काम फलदायक भएको जानुहोसयो पनि पढ्नु होस्
बिबिसी- सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने ?
बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर्दैनन्। बेलायतका नेशनल हेल्थ सर्भिस (एनएचएस) ले पनि स्तनपानका लागि कुनै समयसीमा तोकेको छैन। ६ महिनासम्म आमाको मात्र दूध खुवाउने सल्लाह दिइन्छ। त्यसपछि दूधका साथै अन्य खाद्यपदार्थ खुवाउन सकिन्छ।
विशेषज्ञका अनुसार आमाको दूधले बच्चामा कुनै पनि संक्रमण हुन दिँदैंन। जबसम्म बच्चाले आमाको दूध खान्छन्, उनीहरुलाई मोटोपनाको समस्या पनि हुँदैंन। स्तनपान गराउन आमाका लागि पनि फाइदाजनक हुन्छ। स्तन र अण्डाशय क्यान्सरको खतरा हुँदैंन।
एनएचएसले स्तनपान गराउने कुनै सीमा नतोकेपनि विश्व स्वास्थ्य संगठनले दुुई वर्ष या सोभन्दा बढी समयसम्म स्तनपान गराउन सल्लाह दिएको छ। तर, रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थसँग सम्बन्धित डा. म्याक्स डेभी भन्छन्, ‘दुूई वर्षपछि स्तनपान गराउँदा अतिरिक्त पोषण प्राप्त हुनेबारेमा एकदम कममात्र तथ्य प्राप्त भएको छ।’ अर्थात् २ वर्षपछि पनि स्तनपान गराउँदा बच्चालाई खासै फाइदा नहुने बेलायती विशेषज्ञको मत छ।
डा. डेभी भन्छन्, ‘स्तनपान गराउनु व्यक्तिगत विषय हो, यसले आमा र बच्चाको मायाप्रेमलाई मजबूत बनाउन मद्धत गर्छ, यसबाट कुनै नोक्सान हुँदैंन, त्यसैले परिवारलाई जे सही लाग्छ, त्यही गर्न सकिन्छ।’
एक आँकलनअनुसार बेलायतमा ८० प्रतिशत महिलाहरु स्तनपान गराएको केही समयपछि नै छाड्छन्। ६वर्षसम्म आमाको दूध पाउने बच्चाको संख्या एक तिहाई मात्र हुन्छ। सन् २०१६ मा प्रकाशित एक अन्तर्राष्ट्रिय अनुसन्धानअनुुसार बेलायती महिलाहरु सबैभन्दा कम समयसम्म स्तनपान गराउनेमा पर्छन्। महिलाहरु सार्वजनिक स्थानमा स्तनपान गराउन लाज मान्छन्, यसकारण पनि उनीहरु चाँडै नै स्तनपान गराउन छाड्छन्।
यो पनि-बच्चाको मानसिक विकासका लागि यी खाना खुवाउनुस्:
बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि बच्चाको आहारमा जरुरी सबै पौष्टिक तत्व छ भने मानसिक विकास पनि तीब्र रुपमा हुन्छ।
सामान्यतः व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्ममा हुन्छ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त आहारा चाहिन्छ । यसले शरीर र दिमागको उर्जा कायम राख्छ।
बालबालिकाको मष्तिष्कको विकासका बारेमा गरिएको एक अध्ययनमा आमाको खानपानको असर बच्चाको दिमागमा पर्ने तथ्य सार्वजनिक भएको थियो । यदि आमाले गर्भावस्थामा ओमेगा ३ फ्याटी एसिडयुक्त खाना बढी सेवन गर्छिन् भने बच्चाको दिमाग तेज हुन्छ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो अध्ययनअनुसार ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ । यसैले बच्चाको स्वस्थ र तेज दिमागका लागि आमाले गर्भावस्थामा यस्ता पदार्थ भएको खाद्यपदार्थ सेवन गर्नुपर्छ । यसका अलावा हरियो सागसब्जीमा पनि ओमेगा ३ फ्याटी एसिड पाइन्छ।
हरियो सागसब्जी
बच्चाको दिमागको विकासका लागि हरियो सागसब्जी खुवाउनुपर्छ । बच्चालाई ६ महिनापछि ठोस आहार दिइन्छ । त्यसपछि उसलाई खानामा पालुंगो, बन्दा जस्ता पदार्थ दिन सकिन्छ । यिनमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ।
ओखर
ओखर खानाले पनि दिमाग तेज हुन्छ । ओखरलाई बिहान नास्ता या दिउँसोको खानामा समावेश गर्न सकिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिडका अलावा फाइबर, भिटामिन बी, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट अधिक मात्रामा पाइन्छ । यसैले बच्चाको खानामा यसलाई समावेश गर्नुपर्छ । बच्चालाई किसमिस, बदाम पनि खुवाउन सकिन्छ।
माछा
९ महिनाको उमेरपछि बच्चालाई मासु र माछा पनि खुवाउन सकिन्छ । बच्चाको दिमागको पूर्ण विकासका लागि माछा खुवाउनाले ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसैले गर्भावस्थाकै क्रममा आमालाई माछा खुवाउनुपर्छ।
दूध र दही
बच्चाको दिमागी विकासका लागि दूध र दही दिन सकिन्छ । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ र यसले संकेत लिने र त्यसमा तत्काल प्रतिक्रिया जनाउने क्षमता बढ्छ । चिल्लोरहित दूध प्रोटिन, भिटामिन डी र फस्फोरसको भण्डार पनि हो, जो दिमागका लागि जरुरी हुन्छ ।
बच्चालाई फास्टफुड र जंकफुड कुनै पनि हालतमा नदिनुस्, यसमा दिमागको विकासका लागि जरुरी पौष्टिक तत्व हुँदैंन । बच्चाको डाइट चार्ट बनाउँदा चिकित्सकको सहयोग लिन सक्नुहुनेछ ।स्वास्थ्यखबर
Views: 0