काठमाडौं । प्रहरीले कञ्चनपुरबाट १८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) को टोलीले कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको बताइएको छ।
१८ किलो सुन कहाँबाट कसले ल्यायो भन्ने बारे भने खुलेको छैन। अहिले सुनका मालिकको खोजी भइरहेको प्रहरीले जनाएको छ। पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा लुकाएर राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभुषण तिम्सिनाले जानकारी दिए।
डिसी नेपालसंग कुरा गर्दै उनले भने, ‘प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएका छाैं।’ नियन्त्रणमा लिएका व्यक्तिकाे नाम खुलाइएकाे छैन। सबै कुरा जानकारी नहुँदासम्म उनकाे नाम नखुलाईने एसपी तिम्सिनाले बताए
प्रहरीले त्याे घरमा खानतलास गर्दा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला पारेको उनले बताए।
Views: 0