तपाईले खुर्सानी खानु हुन्छ ? जान्नुहोस् स्वास्थ्य का लागि खुर्सानीका अनौठा फाईदा र बेफाइदा

२०७५ फाल्गुन २, बिहीबार १७:१४ गते २०७५ फाल्गुन २, बिहीबार १७:१४ गते २०७५ फाल्गुन २, बिहीबार १७:१४ गते

काठमाडौँ । सामान्यतया चिल्लो र पिरो खानेकुरा नखान विज्ञहरुले सुझाब दिँदै आएका छन्। चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने साबधानी दर्शाउँदै आएका छन्।

रातो खुर्सानीले पेटमा ग्याँस्ट्रिकको समस्याबाट केही हदसम्म जोगाउँछ। पिरो खानेकुराले तौल घटाउनेदेखि शरिरलाई न्याने बनाउन र शरिर भित्रका रक्तनलीलाई सफा बनाउन खुर्सानी महत्वपूर्ण मानिन्छ।

खुर्सानी खाँदाका फाइदा

चिसोबाट बचाउँछः खुर्सानीको विशेषता पिरो र तातो हो। यसले शरिरलाई चिसो हुनबाट जोगाउँछ। चिसो पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेका तरकारीले शरिरलाई फाइदा गर्छ।

खाना पचाउन सहयोग गर्छः खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ। त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाइन्छ।

तौल घटाउँछः खुर्सानीले तौल घटाउन पनि सहयोग गर्छ। सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको ऊर्जा छिटो उपययोग हुने जनाइएको थियो। रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ।

क्यान्सरसँग लड्ने क्षमताः सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ। नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । आम भारतीयमा प्रोटेस्ट क्यानसर नहुनुमा खुर्सानीको मात्रा बढी खानु हो।

कन्जस्टेसनबाट बचाउँछः पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउँछ । खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउँछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउँछ।

कति खुर्सानी खाने ?

हरेक खानेकुराको फाईदा र बेफाईदा हुन्छ । तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिणाममा खानु हुँदैन। निश्चित परिणाममा भन्दा बढी खानु हुँदैन । आवश्यकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन।

गर्मी हुने मानिसलाई फाइदा भन्दा बेफाइदा हुन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाहा्रे हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन्।

ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा साबधानी अपनाउनुपर्छ। पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुँदैन । त्यस्तै ज्वरो आउँदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *