आखिर ब्लेडको बीचमा किन हुन्छ यस्तो डिजाइन ? हेर्नुहोस अनौठो तथ्य

२०७५ फाल्गुन २, बिहीबार २०:०७ गते २०७५ फाल्गुन २, बिहीबार २०:०७ गते २०७५ फाल्गुन २, बिहीबार २०:०७ गते

दाह्री काट्न र कपाल मुण्ड्याउनका लागि ब्लेड प्रयोग गरिन्छ । पत्तावाला ब्लेडको एक विशेष डिजाइन याद गर्नुभएको छ ? बीचको भाग उबडखाबड हुन्छ नि ! ब्लेड बनाउने यति धेरै कम्पनीहरू छन् तर सबैको डिजाइन एउटै खालको किन हुन्छ ? यसका पछाडि जिलेट कम्पनीको हात छ । उसैले ब्लेड बनाउन शुरु गरेको हो ।

जिलेट कम्पनीका संस्थापक किङ क्याम्प जिलेटले सन् १९०१ मा आफ्ना सहयोगी विलियम निकर्सनसँग मिलेर ब्लेड डिजाइन गरेका थिए । त्यतिखेर अहिले चलेको डिजाइन नै थियो । किङले डिजाइन बनाएर पेटेन्ट गराए र सन् १९०४ देखि उत्पादन शुरु गरे ।

जिलेटले रेजर र ब्लेड बनाउँदा रेजरमा ब्लेडलाई बोल्टमार्फत फिट गर्नुपर्थ्यो । त्यसैले ब्लेडको बीचमा विशेष किसिमको डिजाइन बनाइयो । सन् १९०४ मा १६५ वटा ब्लेड बनाइए । पछि अन्य कम्पनीहरूले पनि जिलेटको पुरानो डिजाइन नै कपी गरे किनकि रेजर जिलेट कम्पनीले नै बनाउँथ्यो र त्यसमा ब्लेड फिट गर्नका लागि त्यही डिजाइन बनाउन पर्थ्यो । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *