यसरी बनाउनुहोस मुखै रसाउने भटमास र गुन्द्रुकको अचार : हेर्नुहोस सरल तरिका

२०७५ फाल्गुन ३, शुक्रबार ०६:०६ गते २०७५ फाल्गुन ३, शुक्रबार ०६:०६ गते २०७५ फाल्गुन ३, शुक्रबार ०६:०६ गते

अचार भन्ने वित्तिकै तपाई हामी सबैको मुख रसाएर पानी आउछ । अचार विभिन्न खानेकुराको बनाउन सक्छौं । जस्तो कि टमाटरको अचार, आँपको अचार, मुलाको अचार, खोर्सानीको अचार, गुन्द्रुकको अचार लगायतका अचार बनाउन सकिन्छ ।

आज हामी यहाँ गुन्द्रुकको अचार बनाउने सजिलो तरिकाबारे जानकारी दिदै छौ। गुन्द्रुकको अचार तपाई हामी सबै आम मानिसलाई मनपर्ने अचार हो। यो अचार बनाउन त्यति गाह्रो पनि छैन। यो प्राय सबैको घरमा सजिल्यै बनाउन सकिन्छ।

आवश्यक सामग्री :
गुन्द्रुक
भटमास
गोलभेँडा २ वटा
प्याज
हरियो धनिँया भुजुरी बनाएको
अडुवा लसुन
तोरीको तेल
नुन स्वाद अनुसार
मेठी
रातो खोर्सानीको धुलो १ चम्चा
बेसारको धुलो १ चम्चा
कागति २ वटा
हरियो खोर्सानी
सूर्यमुखी तेल

बनाउने विधि :
सबैभन्दा पहिला गुन्द्रुक भिजाउनको लागि पानी तताउने र पानी तातिसकेपछि त्यसमा गुन्द्रुक राख्ने ५-१० मिनेट छाड्ने। अब भटमास भुट्नकोलागि प्यान तताउने। प्यान तातेसी भटमास हाल्ने र त्यसलाई ३-४ मिनेट भुट्ने। अब गोलभेँडालाई पोल्ने २-३ मिनेट सम्म अथवा बोक्रा कालो भएपछि निकाल्नुस्। गोलभेँडालाई पिस्ने।

अब अघि भिजाएको गुन्द्रुकबाट सबै पानी निकाल्ने र त्यसलाई मसिनो टुक्रा गरेर काट्दापनि हुन्छ नभए सिलौटामा पिस्दापनि हुन्छ। काटेको/पिसेको गुन्द्रुकलाई एउटा भाडाँमा राखौँ र त्यसमा नुन, रातो धुलो खोर्सानी, हरियो खोर्सानी, मसिनोगरी काटिएको प्याज, धनिँया, अडुवा लसुन कुटेको, २ वटा कागती, पिसेको गोलभेँडा र भटमास पनि राख्ने।

अब तेल झाँन्न सानो प्यान तताउने र तेल हाल्ने। तेल तातेसी त्यसमा मेठी फुराउने कालो नभएसम्म र गुन्द्रुकमा बेसार थोरै राखेर त्यसकोमाथि तेल झान्ने र मजाले मोल्ने। मोलेपछि अचार तयार हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed