आखिर किन अमेरिकामा अचानक राष्ट्रिय संकटकाल घोषणा, विश्व नै चकित !

२०७५ फाल्गुन ३, शुक्रबार २२:५८ गते २०७५ फाल्गुन ३, शुक्रबार २२:५८ गते २०७५ फाल्गुन ३, शुक्रबार २२:५८ गते

वाशिङ्टन । निर्वाचनको समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र मेक्सीको सीमानामा पर्खाला लगाउँने जनाएक थिए । मेक्सीकोबाट अमेरिकामा आप्रवासीहरु सहजै पस्ने भएको हुनाले पर्खाल आवश्यक भएको उनको ठहर छ ।

खर्चबन्दीको अवस्था दोहोरिन नदिने तर मेक्सिकोसँगको सीमामा पर्खाल बनाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर अमेरिकी संसदलाई छलेर सेनालाई छुट्याएको बजेट आफ्नो पर्खाल योजनामा लगाउने योजना बनाएको विवरण बाहिर आएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एक वक्तव्यमा भनिन्,“राष्ट्रपतिले आफ्नो वाचा पूरा गर्दै पर्खाल बनाउने, सीमा सुरक्षित राख्ने र हाम्रो महान देशको सुरक्षा गर्नेतर्फ काम गर्न लाग्नु भएको छ ।” तर विपक्षी सांसदहरूले “शक्तिको चरम दुरुपयोग” गर्न लागेको भन्दै ट्रम्पको आलोचना गरेका छन् । एक दशमलव तीन अर्ब डलर बराबरको खर्च विधेयकलाई सिनेटले समेत पारित गरिसकेको छ । अब त्यो विधेयक डिमोक्र्याट्‍हरूको नियन्त्रणमा रहेको तल्लो सदन प्रतिनिधि सभामा पुगेको छ ।

अमेरिकी संसदले पारित गरेपछि मात्र त्यो विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन् । विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पले चाहेजस्तै मेक्सिकोको सीमामा पर्खाल बनाउन पाँच अर्ब डलरभन्दा बढी रकम पारित गर्न अस्वीकार गरिरहेका छन् ।

अमेरिकामा संकटकाल घोषणा भएको अवस्थामा राष्ट्रपति ट्रम्पले हाल सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएका बजेट पर्खाल परियोजनाका लागि लैजान सक्छन् ।

तर डेमोक्र्याट तथा केही रिपब्लिकन नेताहरूले राजनीतिक प्रक्रियालाई बलमिच्याइ गर्ने र संकटकाल घोषणा गर्ने ट्रम्पको योजनाप्रति आपत्ति जनाइरहेका छन् । सिनेटमा रहेका डेमोक्र्याटिक नेता चक शुमरले त ट्रम्पले “कानुनहीनता”को स्थिति निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

उनले ट्रम्पले “राष्ट्रपति पदको चरम दुरुपयोग” गर्न खोजिरहेको टिप्पणी गरेका छन् । एक बीबीसी सम्वाददाता भन्छिन् ट्रम्पले संकटकाल घोषणा गरिहालेपनि त्यसलाई अदालतमा चुनौती दिइने र त्यो प्रभावकारी नहुने सङ्केतहरू देखिइसकेका छन् । बीबीसी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed