भारतले दियो पाकिस्तानलाई युद्दको चेतावनी

२०७५ फाल्गुन ४, शनिबार ०८:०५ गते २०७५ फाल्गुन ४, शनिबार ०८:०५ गते २०७५ फाल्गुन ४, शनिबार ०८:०५ गते

नयाँ दिल्ली – जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ । ४० जनाको ज्यान जाने गरी भएको यो खतरानाक हमलापछि भारत पाकिस्तानविरुद्ध कारबाहीमा उत्रिएको हो ।

यस हमलापछि भारत-पाकिस्तानको सम्बन्ध अझै तनावयुक्त हुने अनुमान गरिएको छ । कश्मीरमा केही वर्षयताकै सबभन्दा घातक भनिएको आक्रमणबारे बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसमा संलग्नहरूलाई दण्ड दिइने बताए।

पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु समूह जैश-‍ए-मोहम्मदले कश्मीरमा आक्रमण गराएको तर सो समूहविरुद्ध पाकिस्तानले कुनै कारबाही नगरेको भन्दै भारत पाकिस्तानसँग रिसाएको छ। उक्त घटना भएको भोलिपल्ट बोल्दै मोदीले भने, “म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि आक्रमणका पछाडि जुन शक्ति छ, जो अपराधी छन् तिनलाई अवश्य सजाय मिल्नेछ।” उनको सरकारका वरिष्ठ मन्त्री अरुण जेटलीले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याउन ‘यथासम्भव कूटनीतिक कदम’ चालिने घोषणा गरेका छन्। सो घटनामा कम्तीमा परेर अर्धसैन्य फौजका ४० जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह र विपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि सो घटनाको निन्दा गरेका छन्। दिल्लीको रेलवे स्टेशनमा नयाँ रेल सेवा उदघाटनको कार्यक्रममा शुक्रवार बोल्दै प्रधानमन्त्री मोदीले भने, “यो समय एकदमै संवेदनशील र भावुक क्षण हो। पक्ष वा विपक्ष, हामी सबै राजनीतिबाट टाढा रहौँ।”

“यो आक्रमणविरुद्ध देश एकजुट भएर मुकाबिला गरिरहेको छ। देश एकताबद्ध छ। देशको एउटै स्वर छ र यही स्वर विश्वमा सुनिनु पर्छ किनकि यो लडाइँ हामी जित्नका निम्ति लड्दैछौँ।” मोदीले पाकिस्तानप्रति सङ्केत गर्दै भने, “संसारभरि एक्ल्याइएको हाम्रो छिमेकी देश यदि यो ठान्छ कि ऊ भारतमा अस्थिरता उत्पन्न गर्न सफल हुन सक्छ भने उसले त्यो सपना देख्न छाडिदेओस्।

नराम्रो अवस्थाबाट गुज्रिरहेको हाम्रो छिमेकीले यस्तो वितण्डा मच्चाएर भारतलाई अस्तव्यस्त पार्ने प्रयास पूरा हुने छैन।” उनले आतङ्कवादविरुद्ध सबै मानवतावादी शक्तिहरू एक भएर लड्नुपर्ने बताए।पाकिस्तानले भने सो घटनामा आफू संलग्न नभएको दाबी गरेको छ। उसले सो घटना गम्भीर चिन्ताको विषय भएको बताएको छ।etajakhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *