चार सन्तान भन्दा धेरै बच्चा जन्माउने दम्पतीलाई सरकारको अनौठो उपहार !

२०७५ फाल्गुन ४, शनिबार १०:०३ गते २०७५ फाल्गुन ४, शनिबार १०:०३ गते २०७५ फाल्गुन ४, शनिबार १०:०३ गते

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा जनसंख्या नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । नेपालमा बढ्दो जनसंख्या र कम उत्पादनले अभाव सिर्जना गर्ने भएको हुनाले यस बारेमा समयमा नैं सोच्नुपर्ने जानकारहरु बताउँछन ।

जनसंख्याको मामलामा भारत,चीन र पाकिस्तान जस्ता देशहरुले पनि समयमा नै सोच्नुपर्ने समय आएको छ । तर, विश्वमा यस्ता धेरै देशहरु रहेका छन जहाँ भावी पुस्ताको अभाव देखिएको छ ।

विशेष रुपमा पश्चिमा देशहरु र पुर्वमा जापान पनि यस्तो प्रकारको समस्याबाट जुधिरहेको छ । अन्य देशहरुबाट यि विकसित देशहरुमा काम गर्न आउँने कामदाहरुका कारण यि देशका मानिसहरुलाई विवाह भावी सन्ततीका बारेमा चिन्ता नहुने एक अध्यनले देखाएको छ । यस्तै युरोपको एक देशले कुनै दम्पतीले चार भन्दा धेरै बच्चा जन्माए राज्यले दिने हरेक कुराहरुलाई निःशुल्क गर्ने जनाएको छ ।

हङ्गरीका प्रधानमन्त्री विक्‍टर ओर्बनले चार सन्तान भन्दा धेरै सन्तान जन्माउनेहरुलाई सरकारले लिने कर छुट देखि अन्य धेरै कुराहरु दिने जनाएका छन । अर्थिक रुपमा सम्पन्न यो देश जनसंख्याको हिसाबमा भने चिन्ताजनक अवस्थामा रहेको छ । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *