काठमाडौं । आजभोली सामाजिक सञ्जालमा एक भिडियो तीब्ररुपमा भाइरल भइरहेको छ । खासमा थाईल्याण्डकी एक चार वर्षीयाँ बालिका माउसुली समात्ने चक्करमा अचानक अस्पतालको ७ औं तलबाट खसिन् ।
तर अस्पतालकी नर्सहरुले बहादुरी देखाउँदै बालिकको ज्यान बचाए ।
यो घटना थाईल्याण्डको कञ्चनाबुरी सहरस्थित पहोलपोलपेयूहसीना अस्पतालको हो । यहाँ एक व्यक्ति आफ्नो चेकअपका लागि आएको थियो र छोरीलाई पनि साथमा ल्याएको थियो ।
७ औं फ्लोरमा खेल्दै खेल्दै बालिका एक माउसुलीलाई समात्ने प्रयास गरिरहेकी थिइन् । यही चक्करमा बालिका छतमा पुगिन् ।
जब माउसुली छतबाट वालमा पुग्यो बालिका पनि त्यसलाई समात्ने चक्करमा छतबाट खसिन् ।
अस्पताल प्रशासनका अनुसार बालिकाले निकै खुल्ला कपडा लगाएकी थिइन्, जसका कारण उनको ज्यान बच्यो । खसमा छतबाट खसेपछि उनी अस्पतालको होर्डिंग बोडमा अड्किन् । त्यसपछि रुन थालिन् ।
बच्चा रोएको सुनेपछि नर्सहरुले बच्चीलाई होर्डिंग बोडमा अडिएको देखे , त्यसपछि उनीहरुले बच्चीको उद्धार गरे । बच्चीको यो सनसनीपूर्ण भिडियो १२ फेब्रुअरीमा यूट्यूबमा अपलोड गरिएको छ ।
Views: 0