काठमाडौँ – डोटीमा एक महिलाले आफ्नै श्रीमान विरुद्ध उजुरी दिएकी छिन्।
बलात्कार गर्न खोजेको भन्दै शिखर नगरपालिका वडा नम्बर ६ की एक महिलाले श्रीमान विरुद्ध उजुरी दिएकी हुन् ।
प्रहरीका अनुसार एक महिलाले जबरजस्ती करणी गर्न खोजेको भन्दै आफ्नै श्रीमान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।
उनले जिल्ला प्रहरी कार्यालय डोटीमा यही फागुन १ गते मुद्दा दर्ता गराएकी हुन् ।
प्रहरीका अनुसार पीडित र पीडक बीच ८(९ वर्ष अगाडी विवाह र उनीहरुबाट दुई वटा सन्तान समेत जन्मिसकेका छन् ।
बलात्कार प्रयासको कसुर प्रमाणित भए आरोपी श्रीमानलाई २ वर्ष ६ महिना जेल सजाय हुन सक्ने हुन्छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0