हेर्नुहोस शिव भगवानले यहाँ काट्नुभएको थियो गणेशजीको शिर, जान्नुहोस असली वास्तिविकता।

२०७५ फाल्गुन ४, शनिबार २१:३७ गते २०७५ फाल्गुन ४, शनिबार २१:३७ गते २०७५ फाल्गुन ४, शनिबार २१:३७ गते

काठमाडौँ : यो गुफाको नाम पाताल भुवनेश्वर हो र यो भारतको उत्तराखण्डमा रहेको पिथौरागढ जिल्लामा छ । खतरनाक पहाड र घना जंगल पार गर्दै यहाँ पुग्न सकिन्छ ।

समुद्र सतहभन्दा एक हजार ६ सय ७० मिटरको उचाईंमा रहेको यो गुफा अल्मोडाबाट २२० किलोमिटर टाढा खतरनाक पहाडहरूको बीचमा छ ।

गुफाबाहिर मन्दिर छ र त्यहाँका पुजारी हुन् नीलम भण्डारी । गुफामा अक्सिजनको कमी छ र सासको समस्या हुने मानिसले कुनै हालतमा त्यहाँ पस्न हुँदैन । नब्बे मिटर गुफामा ओर्लनका लागि ८८ वटा सिँढी छन् । गुफाका भित्तामा पानी चुहिने भएकाले सिँढी चिप्लो छ ।

गुफामा प्रवेश गर्नका लागि तीन फीट चौडा र चार फीट लामो मुख छ । मान्यताअनुसार यहाँ श्रद्धापूर्वक आउने व्यक्ति मात्र पस्न सक्छ । स्कन्द पुराणको मानसखण्डको १०३ अध्यायमा यो गुफाको उल्लेख छ । पुराणमा लेखिएअनुसार भगवान् शिवले गणेशजीको शिर यही गुफामा उडाइदिनुभएको थियो ।

पार्वतीको रक्षा गर्न खटिएका गणेशजीले शिवजीलाई गुफाभित्र प्रवेश गर्न नदिएपछि रिसाएर श्रीमहादेवले शिर काटिदिनुभएको थियो ।

गुफाका पुजारी नीलम भण्डारीले अयोध्याका राजा ऋतुपर्णले यो गुफाको खोज गरेका हुन् । उनी भगवान् शिवका परमभक्त थिए । ऋतुपर्णको साम्राज्य आजभन्दा ६ हजार सात सय ३६ वर्षअघि थियो । वैशाख जेठमा यो गुफामा भक्तजनको भीड लाग्ने गर्छ । दैनिक भास्करबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *