भारतमा ४६ जना सैनिकको हत्या गर्ने जैश–ए बाटै १८० यात्रु बोकेको विमान काठमाडौबाट ‘हाइज्याक’ !

२०७५ फाल्गुन ५, आईतवार ११:३० गते २०७५ फाल्गुन ५, आईतवार ११:३० गते २०७५ फाल्गुन ५, आईतवार ११:३० गते

काठमाडौ । छिमेकी मुलुक भारतमा ४६ जना सैनिकको एकै ठाउँ हत्या हुनेगरी आतंकवादी आक्रमण गर्ने जैश–ए–मोहम्मदले नै नेपालको विमानस्थलबाट बिमान आइज्याक गरेको खुल्न आएको छ ।

पाकिस्तानमा सक्रिय रहेको आतंकवादी संस्था जैश–ए–मोहम्मदले जम्मू–कश्मीरको पुलवामा जिल्लामा ४६ जना भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको जिम्मेवारी लिएको थियो । सोही आतंकवादीको समुहले काठमाण्डौबाट दिल्लीका उडेको जहाजलाई अफगानिस्तानको कन्दाहार लगेका थिए । डिसेम्बर २४ तारिख १९९९ का दिन १८० यात्री रहेको इन्डियन एयरलायन्सको काठमाण्डौबाट दिल्ली जाँदै गरेको जहाजको अपहरणबाट सुरु भएको थियो । उनीहरुले भारतीय जेलमा रहेका मौलाना मसूद अजहर, मुश्ताक जरगर, शेख अहमद उमर सइदजस्ता चरमपन्थी नेताको रिहाईको माग गर्दै जहाज अपहरण गरेका थिए ।

जहाज हाइज्याक भएको ६ दिनपछि तत्कालीन भारतीय सरकारले अपहरणकारीको शर्त मान्दै चरमपन्थी नेताहरुलाई रिहा गरेको थियो । त्यसको बदलामा उनीहरुले कन्दहारमा अपहरण गरिराखेको यात्रुसहितको विमान छोडेका थियो ।

त्यतिबेला स्वर्गीय अटल बिहारी वाजपेयी नेतृत्वको सरकार रहेको थियो । अपहरण गरी लगिएको इन्डियन एयरलाइन्सको जहाजसँगै अपहरणकारी त्यसलगत्तै मौलाना मसूद अजहरले फेब्रुअरी २००० मा जैश–ए–मोहम्मदको स्थापना गरेका थिए ।

सोही जैस–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एउटा विज्ञप्ति सार्वजनिक गर्दै आदिल अहमद उर्फ वकास कमाण्डोले विस्फोटक पदार्थले भरिएको कार सुरक्षाकर्मीको गाडीमा ठोक्काएर उक्त विस्फोट गराएको दावी गर्दै उक्त घटना आफुहरुले गराएको जिम्मा लिएका थिए । वकास कमाण्डो पुलवामा जिल्लाकै नागरिक भएको बताइएको छ ।

जैश–ए–मोहम्मदले भारतीय भूमिमा आक्रमण गरेको यो पहिलो पटक भने होइन । यो सिलसिला जैश–ए–मोहम्मदका प्रमुख अजहर मसूदको गिरफ्तारीपछि सन् १९९९ बाट बारम्बार गर्दै आएको छ । विस्फोटमा परि क्षतविक्षत भएको अवस्थामा सुरक्षाकर्मीको गाडी मौलाना मसूद अजहरलाई भारतीय अधिकारीले सन् १९९४ मा कश्मीरमा सक्रिय आतंकवादी संगठन हरकत–उल–मुजाहिदीनका सदस्य भएको आरोपमा श्रीनगरबाट गिरफ्तार गरेका थिए । त्यसपछि यो चरमपन्थी संगठनले भारतमा कैयौँ आतंककारी आक्रमण गरेको छ । त्यसबेला सक्रिय रहेको हरकत–उल–मुजाहिदीन र हरकत–उल–अंसारका कैयौँ चरमपन्थी जैश–ए–मोहम्मदमा प्रवेश गरेका थिए । मौलाना मसूद अजहर आफै पनि हरकत–उल–अंसारका महासचिव रहेका थिए । उनी हरकत–उल–मुजाहिदीनसँगको सम्पर्कमा पनि थिए ।

पठानकोट, उडीदेखि पुलवामासम्मको आक्रमण

आफ्नो स्थापना भएको दुई महिनामै जैश–ए–मोहम्मदले श्रीनगरको बदामीबागमा रहेको भारतीय सेनाको स्थानीय मुख्यालयमा भएको आतंककारी आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि २८ जुन, २००० मा भएको जम्मू–कश्मीर सचिवालयमा पनि संगठनले आक्रमण गरेको थियो ।

त्यस्तै २४ सेप्टेम्बेर २००१ मा एक युवकले विस्फोटक पदार्थले भरिएको कारले श्रीनगरमा रहेको विधानसभा भवनमा ठक्कर दिएका थिए ।

त्यसै समय अर्का व्यक्ति विधानसभा भवनको पुरानो भवनमा पसेर आगो लगाएका थिए । यो घटनामा ३८ जनाको ज्यान गएको थियो । आक्रमण हुनेबित्तिकै जैश–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो तर अर्को दिन उसले आफूले घटना नघटाएको बताएको थियो ।

पठानकोट आक्रमण
सन् २००१ को डिसेम्बर १ मा भएको भारतीय संसद भवनमा भएको आतंककारी आक्रमण र जनवरी २०१६ मा पञ्जाबको पठानकोटमा भएको वायु सेनाको अड्डामा भएको आक्रमणको जिम्मेवारी पनि जैश–ए–मोहम्मदलाई नै ठहराइन्छ । पठानकोटमा भएको आक्रमणभन्दा पहिले भारतमा भएका थुप्रै आक्रमणको जिम्मेवार ठहराइएको थियो । त्यसमध्ये सबैभन्दा ठूलो आक्रमण सन् २००८ मा मुम्बईमा भएको थियो । यो घटनामा आक्रमणकारीसहित १७४ जनाको ज्यान गएको थियो । घटनामा लश्कर–ए–तोएबाको मुख्य हात भएको भए पनि यसमा जैश–ए–मोहम्मदले पनि सघाएको भारतीय सुरक्षा एजेन्सीहरुले दाबी गरेका छन् ।

मुम्बई आक्रमण
सन् २००१ मा भारतीय संसदीय भवनमा भएको आक्रमणका मुख्य दोषी अफजल गुरु जैश–ए–मोहम्मदसँग जोडिएका थिए । उनलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो । डिसेम्बर २०१६ मा भएको कश्मीरको उडीमा सैन्य अखडामा भएको आक्रमणमा १८ जना भारतीय सैनिकको ज्यान गएको थियो ।

अफजल गुरु
त्यसको केही दिनमै भारतीय सेनाले नियन्त्रण रेखामा ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरेको थियो । जैश–ए–मोहम्मदलाई भारत, ब्रिटेन, अमेरिका तथा संयुक्त राष्ट्र संघले पनि आतंककारी संगठनको सूचीमा समावेश गरेको थियो । अमेरिकाको दबाबमा आएर पाकिस्तानले पनि सन् २००२ मा यो संगठनमाथि प्रतिबन्ध लगाएको थियो । केही रिपोर्टहरुलाई मान्ने हो भने जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहर पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरमा बस्दै आएका छन् । पठानकोटमा भएको आक्रमणपछि पाकिस्तानले बहावलपुर र मुल्तानमा रहेको जैश–ए–मोहम्मदको अखडामा कारबाही गरेको थियो । पाकिस्तानी सञ्चार माध्यमले अजहरका भाइलाई गिरफ्तार गरेको खबर पनि प्रकाशित गरेका थिए । पाकिस्तानसँग भारतले पटक–पटक अजहरलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ । तर पाकिस्तानले भने प्रमाणको अभाव रहेको भन्दै टाल्दै आएको छ ।

पठानकोट आक्रमणपछि जैश–ए–मोहम्मदले अल–कलाममार्फत एक अडियो सार्वजनिक गर्दै भारतीय सुरक्षा एजेन्सी ‘जिहादी’ हरुमाथि नियन्त्रण गर्न नसकेको भन्दै मजाक उडाएको थियो ।

आत्मघाती आक्रमण बढ्दै

पछिल्लो समय जैश–ए–मोहम्मदले आत्मघाती आक्रमण बढाउँदै लगेको छ । पछिल्लो पटक पुलवामामा भएको आक्रमण पनि आत्मघाती आक्रमण नै हो । ४० भन्दा सुरक्षाकर्मीको ज्यान जाने गरी आदिल अहमद डार नामका युवकले आत्मघाती कार बम विस्फोृट गराएका थिए । उनी एक वर्षअघि मात्रै जैश–ए–मोहम्मदमा संलग्न भएका थिए ।

बिही‍बार आत्मघाती आक्रमण गर्ने आदिल अहमद डार
आक्रमणपछि उनको फोटो र आक्रमणबारे जानकारी दिँदै गरेको एउटा भिडियो भाइरल भैरहेको छ । आधुनिक हतियार वरिपरि राखेर उनले भनेका छन्, ‘मेरो नाम आदिल हो । म एक वर्षअघि जैश–ए–मोहम्मदमा आवद्ध भएको थिएँ । एक वर्षपछि जैश–ए–मोहम्मदमा रहेर ‘अवसर पाएँ । यो समय मेरो भिडियो तपाईँहरुसामू पुगिसकेको हुनेछ । त्यतिबेला म स्वर्गमा पुग्नेछु । कश्मीरी नागरिकका लागि यो नै मेरो अन्तिम सन्देश हुनेछ ।’(बीबीसी हिन्दी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *