मनकामना मन्दिरमा चल्ने केबलकारमा चट्याङले क्षति पुर्याएपछि …

२०७५ फाल्गुन ५, आईतवार ११:५० गते २०७५ फाल्गुन ५, आईतवार ११:५० गते २०७५ फाल्गुन ५, आईतवार ११:५० गते

काठमाडौँ – मनकामना मन्दिरमा चल्ने केबलकार बन्द भएको छ । गएराती परेको चट्याङले केबलकारमा क्षति पुर्याएपछी केबलकार आइतबार संचालन नहुने भएको हो।

मनकामना मन्दिरमा चल्ने केबलकारमा शनिबार राती करिब ७ बजे परेको चट्याङले क्षति पुर्‍याएको हो । चट्याङले केबलकारमा क्षति पुर्याएपछि मर्मत गर्नुपर्ने भएकाले आज संचालन नहुने मनकामना दर्शन प्रालिले जनाएको छ।

मनकामना दर्शन प्रालिले आइतबार दर्शन गर्न मनकामना मन्दिर जाने यात्रुहरुलाई असहज हुने भन्दै क्षमा मागेको छ। क्षति पुर्याएको केबलकार आजै मर्मत गरि भोलिबाट संचालनमा ल्याउने मनकामना दर्शन प्रालिले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed