गुणराजले पाए ‘मुवाँथाइ प्लेयर अफ द एयर’को अवार्ड

२०७५ फाल्गुन ५, आईतवार १४:०७ गते २०७५ फाल्गुन ५, आईतवार १४:०७ गते २०७५ फाल्गुन ५, आईतवार १४:०७ गते

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइ संघले गुणराज रुचाललाई ‘मुवाँथाइ प्लेयर अफ द एयर– २०१८’ अवार्डबाट सम्मान गरेको छ । गत वर्ष गरेको प्रदर्शनका आधारमा गुणराजलाई नगद २० हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

थाइल्यान्डको बैंककमा भएको १५ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा सहभागी गुणराजले नेपालमा भएको तेश्रो के ब्याग अन्तर्राष्ट्रिय मुवाँथाइमा स्वर्ण जितेका थिए ।

गुणराजले गत डिसेम्बरमा कम्बोडियामा सम्पन्न दोश्रो खुनखेमर विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

गुणराजलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति प्रमुख सेनानी शशिकिरण रायमाझीलगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *