काठमाडौं, ५ फागुन । पत्रकार ऋषी धमलाको एक छोरा र एक छोरी छन। छोरी एरिकाको भने एउटा हात छैन।जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला दम्पत्ती अन्तरवार्ताको क्रममा निकै भावुक भए ।
नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतम श्रीमान श्रीमती एक साथ् मिडियामा आएका छन।
एलिजाले घरको माथिल्लो तलामा मन्दिर बनाएकी छन् । उनले दिनहुँ मन्दिरमा पुजा गर्छिन । चार वर्षकी छोरी एरिका जहिले पनि आमासंगै मन्दिर जान्छिन् । ‘ ममी भगवानलाई ठूलो श्वरमा भन्दिनुन एरिकालाई छिट्टै हात दिनु भनेर भन्छिन् त्यसो भन्दा मलाई निकै नराम्रो लाग्छ ’ एलिनाले भावुक हुँदै भनिन् ।
धमलाले पनि छोरीको त्यो माशुम प्रश्नले संधै आफुलाई भावुक बनाउने गरेको बताए । ‘४ वर्षकी छोरी छन् तर निकै ठुलो मान्छेले जस्तो ब्यवहार गर्छिन त्यस्तै कुरा सोध्छिन् ’ उनले भने ।
Views: 2