काठमाडौं । केही समय अघि सामाजिक सञ्जाल भाइरल भएकी ‘तरकारीवाली’ अहिले कहाँ के गर्दै होलिन् ? सबैको चासोको बिषय हो ।
सामाजिक सञ्जालमा ‘तरकारीवाली’ उपनामबाट चर्चित भएकी कुशुम श्रेष्ठ हिजोआज के गर्दै छिन् त ? हामीलेपनि खोजी गरेका छौ ।
केही मिडियाहरुमापनि पछिल्लो अपडेट आएको छ । फोटोग्राफर रुपचन्द्र मर्हजनले खिचेको तस्बीर रातारात हिट भएपछि कुशुमको परिचय पनि बदलिएको थियो । उनी कुशुमबाट तरकारीवाली बनिन् । उनीप्रति चासो र रुची धेरैमा देखियो ।
‘तरकारीवाली’का नाममा गीत बने, थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिन् । एउटा सिनेमामा नायिकाको रोलमा पनि उनले काम गर्ने अवसर पाइन् । तर चलचित्र खासै चलेन । उनले अभिनय गरेको पहिलो चलचित्र ‘लम्फु’ ले असफलता हात पारे पनि उनको यो क्षेत्रमा पूर्णविराम नै चांँही लागिसकेकोे रहेनछ । मोडल एवं नायिकाको रुपमा स्थापित हुन उनी अहिले पनि मेहनत गरिरहेकी छिन् ।
केही समयदेखि मिडियामा नआएकी कुशुमले आफू नयाँ चलचित्रको तयारीका लागि व्यस्त रहेको बताइन् । उनी नृत्य र अभिनयको कक्षा पनि लिइरहेकी छिन् । चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त रहे पनि उनले पढाइलाई भने निरन्तरता दिइरहेकी छिन् ।
बिबिएस। प्रथम वर्षमा अध्यानरत कुशुमलार्ई अझै पनि थुप्रै प्रेमप्रस्तावहरु आउने गरेका छन् । पहिलेकै तुलनामा अझै पनि प्रेम प्रस्तावहरु आउने तर आफू करियर बनाउनमा फोकस रहेकाले कसैको प्रस्ताबलाई पनि स्वकिार नगरेको उनले बताइन् ।
चर्चामा आएपछि करियर बनाउन सजिलो भएको उनको अनुभव छ । तर मेहनत भने धेरै नै गर्नुपरिरहेको उनले बताइन् ।
चर्चामा आउन मानिसहरुले मुख छाडेर, जथाभावी लेखेर, अमर्यादीत हाउभाउ गरेको देखेर उनलाई अचम्म लागेको छ ।
उनले भनिन्, ‘आफ्नै परिवारलाई पनि अस्वभाविक हुने काम कसरी गर्न सक्छन् मान्छेहरु ?’ उनले भनेकी छिन् आफु र आफ्नो परिवारलाई असर पर्नेगरी विभिन्न हर्कत गरेर भाइरल हुन खोज्नु मुर्खता हो ।
Views: 0